नेकपाभित्र चुलिदै विवादः पार्टीभित्र नेपालको फरक मत

२३ आश्विन २०७५
banner

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिदै गएको छ। अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको छ।

पार्टी एकताको विषयलाई लिएर आन्तरिक विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन्। असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ।

पार्टी एकता प्रक्रिया टुंगो लगाउन ढिलाई भएसँगै नेताहरुको स्वार्थका कारण विवाद थपिदै गएको छ। पार्टी एकतापछि सचिवालयको बैठकले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि प्रदेशस्तरको कार्यदल गठन गरेको थियो।
अधिकाशं प्रदेशले महासचिव विष्णु पौडेललाई नेतृत्व चयन गर्न सिफारिस गरेको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई महासचिव पौडेलले पार्टीको सचिवालय बैठकमा पेश पनि गरेका थिए। तर प्रदेशले सिफारिस गरेको नामप्रति वरिष्ठ नेता नेपालले आपत्ति जनाएका थिए।

नेपाल विदेश भ्रमणमा रहेकै बेला प्रदेश नेतृत्वको टुंगो लगाएपछि नेता नेपालले पार्टीभित्रको विवाद संसददेखि छुट्टै भेला हुँदै लिखित रुपमा नै पार्टीको बैठकमा फरक मत राख्नु भएको छ। पार्टी एकता प्रक्रियामा जुट्नु पर्ने शीर्ष नेताहरुबीच नै असमझदारी भएपछि अध्यक्षद्धय अहिले नेता नेपाललाई मनाउने गृहकार्यमा जुटेका छन्।

बैठकमा विदेश भ्रमणको चर्चा

पार्टी एकता गर्दा तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना वितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन्। पार्टी एकताको क्रममा पूर्व एमाले र पूर्व माओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए।

एकता प्रक्रियालाई टुंगो लगाउन सोमवार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालको लिखित असहमति पत्र दर्ता गराएका छन्। आगामी बैठकमा उक्त लिखित असहमति पत्रमाथि छलफल गर्ने गरी बैठक सम्पन्न भएको छ।

सोमबार बसेको सचिवालय बैठकले नेता नेपालको असहमतिपत्रका बारेमा छलफल गर्ने निर्णय गरेको छ। प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष,सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले लिखित असहमति नै दर्ता गरेका छन्। यही असोज २४ गते बस्ने बैठकमा पार्टी एकताको प्रक्रिया अगाडि बढाईने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अमेरिका भ्रमण, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नेपाल र नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता श्रेष्ठले अब बस्ने सचिवालयको बैठकमा स्थायी कमिटी बैठकको एजेण्डा र मितिबारे समेत छलफल हुने बताए। नेपाल समाचारपत्र दैनिक

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l