खोई कांग्रेस ? दुलोमा पस्यो !

१९ मङ्सिर २०७५

banner

फाइल फोटो

नेपाली कांग्रेसको स्थापना कालदेखिको विगतलाई अध्ययन गर्दा सत्तामा बसेर सरकार चलाउनु भन्दा प्रतिपक्षमा बसेर प्रतिपक्षको भूमिका असाध्यै राम्रोसँग निर्वाह गर्दै आएको हो। विगतदेखि अहिलेसम्म हेर्दा प्रस्ट हुन्छ कांग्रेस सत्ताबाहिर बसेर निकै ठूला परिवर्तनको नेतृत्व गरेको छ।

२००७ सालमा तानाशाही राणाशासनको विस्थापनदेखि पञ्चायती व्यवस्थाको अन्त्य र राजतन्त्रको विस्थापनसम्मको नेतृत्व कांग्रेसले गरेको थियो। मुलुकमा भएका ठूला परिवर्तनमा कांग्रेस अगाडि छ। २०४७ को संविधादेखि अहिलेको संविधानसम्म कांग्रेसकै नेतृत्वमा जारी भएका हुन्। संघीयतालाई कार्यान्वयनको चरणसम्म लैजाने पनि कांग्रेस नै हो। 

मुलुकमाथि बाह्य शक्तिले बक्रदृष्टि देखाउँदा वा कुनै किसिमको अस्वाभाविक क्रियाकलाप वा नेपाली राष्ट्रियतामाथि आँच आउने गतिविधिका सन्दर्भमा होस्, कांग्रेसले विरोधका लागि विरोध नभएर विरोधीको भूमिका वा सत्ता पक्षको भन्दा प्रतिपक्षको भूमिका निकै राम्रोसँग निर्वाह गरेको हो। बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहले जुन भूमिका निर्वाह गर्दै कांग्रेसलाई अगाडि बढाउनु भयो र पञ्चायत ढाल्दा होस् वा त्यसपछि गठन भएका सरकारमा प्रतिपक्षको भूमिकामा रहेर गरेका काम असाध्यै राम्रा थिए। पछिल्लो समय गिरिजाप्रसाद कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसले सत्ता संचालन गर्नु भन्दा प्रतिपक्षको भूमिका ज्यादै राम्रो थियो।

अहिले साँच्चै भन्दा देशमा कांग्रेस छैन। सत्तामा त छैन नै प्रतिपक्षमा समेत कांग्रेसको उपस्थिति छैन। बरु आम नागरिकले, युवाले, नागरिक अगुवाहरुले सरकारको मनोमानीको खबरदारी गरिरहेका छन्।

तर आज आएर त्यो कांग्रेस, जसले राष्ट्रियताका सवालमा, प्रजातन्त्रका सवालमा, जनजीविकाका सवालमा, प्रजातानिन्त्रक समाजवादका सैद्धान्तिक आधारमा उसले गरेका क्रियाकलापलाई अध्ययन गर्दा आज साँच्चै भन्ने हो भने मुलुकको नेतृत्व र मुलुकलाई दिशा दिने कुरामा, समृद्ध बनाउने कुरामा मुलुकको अखण्डता र समृद्धिको सवालमा चाहे सत्तामा बसेर होस वा प्रतिपक्षमा रहेर होस, राजनीतिको मियो र केन्द्र कांग्रेस बनेर भूमिका दिनुपर्ने कुरामा अहिलेको कांग्रेस चुक्यो, त्यसले कांग्रेस छ कि छैन भनेर आलोचना गर्नेलाई बल पुग्यो।

अहिले साँच्चै भन्दा देशमा कांग्रेस छैन। सत्तामा त छैन नै प्रतिपक्षमा समेत कांग्रेसको उपस्थिति छैन। बरु आम नागरिकले, युवाले, नागरिक अगुवाहरुले सरकारको मनोमानीको खबरदारी गरिरहेका छन्। तर, प्रतिपक्षको ‘लाइसेन्स होल्डर’ कांग्रेस रहस्यमय रुपमा हरेक ठाउँमा अनुपस्थित छ। न कांग्रेस सदनमा छ न सडकमा।

कांग्रेस ऐतिहासिक रुपमा अहिले कमजोर देखियो। न कांग्रेसले तराइका गतिविधि नियाल्न सक्यो वा अध्ययन गर्न सक्यो, न कांग्रेसले पूर्वका जनजातिका गतिविधि नियाल्न वा अध्ययन गर्न सक्यो। न कांग्रेसले उपत्यकाबासीको चाहना बुझ्न र केन्द्रित राख्न सक्यो, न अन्तर्राष्ट्रिय गतिविधि र कम्युनिष्टहरुको तानाशाहीतर्फको यात्रा बुझ्न र त्यसलाई रोक्न सक्यो।

लेखक :जगदीश दाहाल

आफ्नै आन्तरिक किचलोमा रुमल्लिएर कोठे राजनीति गर्दैमा व्यस्त भएको छ कांग्रेस। कांग्रेसको यो दयनीय हालतले सरकारको तानाशाहीतर्फ उन्मुख यात्रालाई बल पुगेको छ। दुई तिहाइको दम्भमा अगाडि बढेको शक्तिशाली सरकारलाई कुनै खबरदारी नभएपछि मुलुक कता जाने भन्ने अन्योल बढेको छ। 

अहिले प्रतिपक्ष विनाको राज्यसत्ता देखिएको छ। कांग्रेस आफ्नो भूमिकमा चुक्यो मात्र होइन उसको उपस्थिति नै देखिएन। कांग्रेसमा निष्ठा र सिद्धान्त मर्यो। कांग्रेसमा नेतृत्व हरायो। कांग्रेसका नेताहरुलाई आर्थिक लोभ र पारिवारिक सयल, चयन र लोभलालचामा लिप्त भएर नेताहरु जन विश्वास गुमाउन पुगे। कार्यकर्ताको आस्था समर्थन कामय राख्न पनि चुके। र, आज प्रतिपक्षको भूमिका पनि दिन सकेन। जसका कारण आज सत्तामा रहेका दलका गतिविधिहरु, प्रदेश सरकारका गतिविधिहरुका विषयमा कांग्रेसले कुनै किसिमकोे भूमिका निर्वाह गर्न सकेन।

कांग्रेसमा त्यस किसिमको नेतृत्व देखिन सकेन। यद्यपि कांग्रेसको पुरानो साख जोगाउन यदाकदा युवाहरुको जमर्को भने देखिन्छ। पार्टी प्रवक्ताको हैसियतले प्रतिक्रिया दिने र प्रेससँग सम्वाद गर्ने विश्वप्रकाश शर्मा, संसदमा आफूलाई लागे देखेका कुरा बोल्ने गगन थापा। आम जनतालाई असर परिरहेका विषयमा दुई चार जनालाई भेला पारेर लिएर हिँड्न सक्ने गगनको स्वभाव र क्रियाकलाप देख्दा कता कता कांग्रेसभित्र आशाको त्यान्द्रो बाँकी भएको देखिन्छ ।

तर, यी युवा नेताको काम गराइ हेर्दा कता  कता व्यक्तिगत जस्तो, संगठन नभएको जस्तो, संगठनको साथ नभएको जस्तो देखियो। बिना पार्टीको साथ, बिना संगठनको साथ कांग्रेसको साख जोगाउन प्रयासरत यी युवाहरुको प्रयासले कांग्रेसको इज्जत कतिसम्म धान्ला । स्वयं पार्टी नेतृत्व नै पथबाट विमुख भएको अवस्थामा यी युवाको व्यक्तिगत प्रयासले कति उपलब्धी दिन सक्ला? कांग्रेसले सोच्नै पर्छ।

कांग्रेस ऐतिहासिक रुपमा अहिले कमजोर देखियो। न कांग्रेसले तराइका गतिविधि नियाल्न सक्यो वा अध्ययन गर्न सक्यो, न कांग्रेसले पूर्वका जनजातिका गतिविधि नियाल्न वा अध्ययन गर्न सक्यो। न कांग्रेसले उपत्यकाबासीको चाहना बुझ्न र केन्द्रित राख्न सक्यो, न अन्तर्राष्ट्रिय गतिविधि र कम्युनिष्टहरुको तानाशाहीतर्फको यात्रा बुझ्न र त्यसलाई रोक्न सक्यो

यी कुराहरुले कांग्रेसका समर्थक, मतदाता र शुभचिन्तकमा नैराश्यता आएको देखिन्छ। यस बेला मुलुक कमजोर अवस्थामा छ। प्रशासन संयन्त्र अलमलिएको छ। गतिविधि शून्य छ। सरकार र सरकारको नेतृत्व जानेर नजानेर गैर राजनीतिक र गैर संवैधानिक गतिविधि गर्न केन्द्रित छ। विदेशीहरुको चलखेल बढेको छ। मुलुक मियो बिनाको दाँइ जस्तो देखिन थालेको छ। न सत्ता सही ढंगले चलेको छ न त प्रतिपक्षले नै सरकारलाई सच्चिन दवाब दिएको छ। यसले मुलुकलाई कमजोर बनाउने, मुलुकमा संवैधानिक संस्था कमजोर हुने हो।

यस्तो कुरा गर्दा जो कोही नेपालीमा नैराश्यता आउनु स्वाभावकि हो। यसको सम्पूर्ण दोष कांग्रेसलाई जान्छ । कांग्रेसको विगत हेर्दा यो विषम परिस्थितिको दोषीको रुपमा कांग्रेस बाहेक अरुलाई औंल्याउन सकिँदैन। किनभने प्रजातन्त्रका लागि लडाइँ लडेको ऐतिहासिक पार्टी यही हो।

राजा चाहिन्छ भनेर राजा बोक्नेदेखि राजाको औचित्य सकियो भनेर राजा फाल्ने पार्टी पनि यही हो। यही पार्टीको नेतृत्वमा भएका हुन् यी सबै परिवर्तन। यसले ऐतिहासिक रुपमा जे जति परिवर्तन गरेको छ, त्यही परिवर्तनका आधारमा मुलुक अगाडि बढिरहेको छ । तसर्थ मुलुकको लागि सही रुपले जिम्मेवारी निर्वाह गर्ने जिम्मेवारी र जवाफदेहीता पनि यसैको हो।

तर अहिले किन प्रतिपक्षको पनि भूमिका निर्वाह गर्न कांग्रेसले सकेन? यो कुराले आम जनतामा निराशा छाएको छ। आगामी दिनमा जुझारु, कार्यकर्ताको भावना समेटेरे नयाँ नेतृत्व अगाडि नआएसम्म सुधार होला भन्न सकिने अवस्था छैन। अब पनि कांग्रेसमा आशाको पालुवा नपलाउने हो भने मुलुक संकटमा पर्न र कांग्रेस समाप्त हुन बेर लाग्दैन। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष