‘राष्ट्रिय जागरण अभियान’ पछि कांग्रेस कार्यकर्तामा पलाउला नयाँ उर्जा?

३१ बैशाख २०७६
banner

काठमाडौं। गत निर्वाचनमा नराम्ररी पराजित बनेको नेपाली कांग्रेस यतिबेला राष्ट्रिय जागरण अभियानमा व्यस्त छ। संगठन सुदृढिकरण र सरकारलाई खबरदारी गर्न ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय पदाधिकारी खटिएका छन्।

तर मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस यतिबेला भद्रगोल अवस्थामा संचालित छ। एक पक्षले अर्को पक्षलाई खुल्याउने गरी अभिव्यक्ति दिन थालेपछि केन्द्रीय अनुशासन समितिले पार्टीका शीर्ष नेतासहित कार्यकर्तालाई समेत निगरानीमा राखेको छ।

७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर जागरण अभियान चलाएको कांग्रेसले सरकासलाई खबरदारी पर्ने गर्ने बताएको छ। तर सार्वजनिक कार्यक्रममा नेताहरु सरकारको खबरदारी भन्दा पनि पार्टीकै नेताको आलोचना गर्न व्यस्त छन्।  

सार्वजनिक कार्यक्रममा पार्टीकै शीर्ष नेताको आलोचना हुन थालेपछि  जनजागरण अभियानमा शीर्षनेता तथा कार्यकर्तासमेतको अनुगमन गरी अनुशासन समितिमा प्रतिवेदन दिन नेपाल डेमोक्रेटिक लयर्स एसोसिएन (डीएलए) को टोली ७७ जिल्लामा खटाइएको छ। 

अभियानको अनुगमन गर्न टोली खटाएपछि कारबाहीमा परिने डरले एक गुटका नेताले अर्को गुटका नेतालाई गाली गलौज गर्ने, दोषारोपण गर्ने र नंग्याउने प्रवृत्तिमा कमी आउने अपेक्षा कांग्रेसले गरेको छ।

अहिले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सृदृढिकरण र जागरण अभियानमार्फत कार्यकर्तामा जोश र उर्जा थप्ने काम भइरहेको छ

‘पार्टी हित विपरित काम नगर्न अनुशासन समितिले  नेपाल डेमोक्रेटिक लयर्स एसोसिएन (डीएलए) को टोली ७७ जिल्लामा खटाइएको हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डिसी नेपालसँग भने, ‘नेताको आलोचना गर्न नपाइने भन्ने होइन, पार्टी हित विपरित काम गर्नलाई भने रोक्न खोजिएको हो।’

कांग्रेसले आफ्नो विधानलाई संघीय संचरना अनुरुप परिवर्तन गरेपनि व्यवहारमा भने संघीयता अनुकुलको अभ्यास गरेको छैन। हालसम्म कांग्रेसले स्थानीय तहको समिति, प्रदेश निर्वाचन क्षेत्र समितिसमेत गठन गर्न सकेको छैन। अहिले पनि स्थानीय तहमा उम्मेद्वार भएका व्यक्तिबाट पार्टीका गतिविधि संचालित छन्। जसले गर्दा कार्यकर्तामा निराशा छाएको छ। 

कार्यकर्तामा व्याप्त निराशालाई छिर्न र  पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।

महासमिति बैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम, संशोधित विधानबारे मात्र हैन कांग्रेसको नीति रणनीतिबारे पनि स्थानीय तहसम्म जानकारी गरिने भएको छ। तर समितिहरु गठन हुन नसक्दा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति छ।  पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ।

‘जागरण अभियानपछि पार्टी कार्यकर्तामा नयाँ उत्साह थपिएको हामीले पाएका छौं,’ प्रवक्ता शर्माले भने, ‘अहिले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सृदृढिकरण र जागरण अभियानमार्फत कार्यकर्तामा जोश र उर्जा थप्ने काम भइरहेको छ।’
 

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |