संसद्मा नेतृ संग्रौलाको प्रश्न, योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वय किन भएन ?

२९ जेठ २०७६
banner

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन नभएको भन्दै संसद्मा प्रश्न उठाएकी छन् । 

कार्यान्वयनको क्रममा रहेको सामाजिक सुरक्षा योजनाका लागि रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकेको भन्दै उनले सरकरालाई प्रश्न गरेकी हुन्। 

यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जान नसक्ने अवस्थाले थप जटिलता सृजना भएको संग्रौलाले बताईन्।

डा. संग्रौलाले भनिन्, "छाता भित्र नरहेको अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारले केही गरेन, वैदेशिक रोजगारमा रहेका श्रमिकहरुको मतदानको अधिकार दिलाउन पहल के पहल भयो ? न्यूनतम ज्याला निजी क्षेत्रका विद्यालय र नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू भएन ?"  संग्रौलाको प्रश्न थियो ।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l