नवलपुरका स्थानीय तहमा नेकपाको संयन्त्र

२६ आश्विन २०७५
banner

कावासोती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नवलपुरका सबै स्थानीय तहमा संयन्त्र गठन गरेको छ। नेकपाले जिल्लामा रहेका नगरपालिकामा आठ र गाउँपालिकामा छ जना रहने गरी संयन्त्र गठन गरेको हो। स्थानीय तहका संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीका काम पूरा गर्ने जिम्मेवारी दिएको छ। 

पार्टी एकता टु«ङ्ग्याउनका लागि निर्माण गरिएको नेकपा नवलपुर संयन्त्रको रहजरमा बसेको बैठकले स्थानीय तहको संयन्त्र गठनसँगै पूर्वमाओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई नेकपा नवलपुरको जिल्ला पार्टी कार्यालयका रुपमा राख्ने निर्णय गरेको छ। 

कार्यालय सचिवमा नारायणप्रसाद तिमिल्सेना र सुष्मा खनाललाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ। पहिलेका दुवै पार्टीको चलअचल सम्पत्ति, भएका भौतिक सामग्री र ऋणधन वासलात तयार गर्न दुवै कार्यालय सचिव र लेखासम्बन्धी विष्णु लम्साललाई जिम्मेवारी दिने निर्णयसमेत भएको केन्द्रीय सदस्य महतले बताए।

वडा वडामा संयन्त्र गठन गर्न स्थानीय तहमा रहेको संयन्त्रबाट छ जनाको वडा संयन्त्र निर्माण, तिहारभित्र वडा कार्यालय गठन, वडास्तरमा शुभकामना आदानप्रदान तथा पार्टी एकता सन्देश कार्यक्रम सक्ने र कात्तिक १७ गते जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कावासोतीमा गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य महतले जानकारी दिए। रासस

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।