नेपाल भर्सेस सिंगापुर टी ट्वान्टी क्रिकेट : वर्षाले रोकिएको खेल शुरु (लाईभ भिडियो सहित)

२६ आश्विन २०७५
banner

काठमाडौं । मलेसियामा जारी विश्व कप एसिया छनोट अन्तगर्तको बी समूहको छनोट प्रतियोगितामा शुक्रबार भएको नेपाल र सिंगापुरबीच खेल वर्षाले प्रभावित भएको छ । 

वर्षा भएपछि खेल केही सयमका लागि रोकिएको खेल फेरि शुरु भएको छ । टस जितेर पहिला फिल्डिंग गरेको नेपालले खेल रोकिँदासम्म सिंगापुरको ३ विकेट लिएको थियो ।

यो समाचार तयार पार्दासम्म सिंगापुरले  10 ओभरमा 59 रन बनाएको छ । उसले 3 विकेट गुमाएको छ ।

मलेसियाको क्वाललम्पुरस्थित वायुमास ओभल मैदानमा नेपालले टस जितेर सिंगापुरलाई पहिला ब्याटिंगको निम्तो दिएको छ । नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका छन् । यस्तै सन्दीप लामिछानेले १ विकेट लिएका छन् । 

सिंगापुरले ४ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।

आजको खेलमा नेपालले प्रदिप ऐरी, आरिफ शेख र ललित भण्डारीलाई आराम दिएको छ । मेलेसियामा स्पीनरहरु सफल भइरहेकाले नेपाल ३ जना विशषज्ञ स्पीन बलर सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीका साथमा मैदानमा उत्रिएको छ ।

यस्तै दुई जना पेस बलर सोमपाल कामी र करण केसीले फास्ट बलिंग आक्रमणको नेतृत्व गर्नेछन् । हेरौ लाईभ भिडियो ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l