नेपालमा बढ्दो क्रिकेट क्रेज

२१ कार्तिक २०७५

banner

पोखरा। नेपाली क्रिकेट भर्खर टुकुटुकु हिँड्न थालेको छ । तर पछिल्लो समय एउटा सुखद् दृश्य देखिएको छ, जसले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको संकेत गर्छ । यही वर्ष सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा १२ विदेशी खेलाडी सहभागी भएका छन् ।

राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्न थालेसँगै घरमा पनि टीट्वेन्टी फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता बढ्न थालेका छन् । सन् २०१७ यता एभरेष्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) आयोजना हुँदै आएको छ । यो वर्षबाट पोखरा प्रिमियर लिग समेत सुरु भएको छ । यी प्रतियोगितामा विदेशी खेलाडीको सहभागिता पनि बढ्दो छ ।

सबैभन्दा धेरै भारतबाट छ जना खेलाडी आएका थिए । यूएईका तीन खेलाडीले पीपीएल खेले । यी विदेशी खेलाडीले पीपीएलमा आफूलाई अब्बल सावित गरेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष पाँचमध्ये चार खेलाडी विदेशी नै छन् ।

फाइनलअघिसम्म काठमाडौं टोलीका भारतीय खेलाडी गौरभ तोमार दुई सय १२ रन जोडेका छन् । विराटनगर टाइटान्सका पाकिस्तानी खेलाडी मोहम्मद जइद आलमले पनि दुई सय नौ रन बनाएका छन् । पीपीएलमा सहभागी भएको एक्सपर्ट धनगढीले इंग्ल्यान्डका डान लरेन्स र पिटर ट्रेगोलाई खेलायो । २१ वर्षीय लरेन्स र ३७ वर्षीय ट्रेगोले इंग्ल्यान्डमा लिष्ट ‘ए’ मा थुप्रै खेल खेलेका छन् । ट्रेगोले पाँच खेल खेल्दै एक सय ६६ रन जोडे भने लरेन्सले पनि उत्तिनै खेलबाट ६५ रन बनाए ।

नेपालमा देखिएको क्रिकेटको माहोलले आफूहरुलाई आकर्षित गरेको यी खेलाडी बताउँछन् । ‘नेपालमा क्रिकेटको माहोल निकै राम्रो छ । यहाँको खेल संस्कार पनि अब्बल दर्जाको छ । फ्यान फलोइङ पनि निकै राम्रो छ’, बुटवल ब्लास्टर्सबाट पीपीएल खेल्ने यूएईका खेलाडी रोहन मुस्तफा भन्छन्, ‘यहाँका धेरै खेलाडीसँग राम्रो सम्बन्ध रहेकाले पनि मलाई नेपालमा क्रिकेट खेल्न सहज भएको छ ।’

फाइलन खेलमा पोखराविरूद्ध बलिङ गर्दै चितवनका खेलाडी सन्नी पटेल । भारतीय खेलाडी पटेल प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भए। 

धनगढी टोलीका इङ्लिस खेलाडी पिटर ट्रेगो नेपालको वातावरणले आफूलाई आकर्षित गरेको बताउँछन् । ‘पोखरा क्रिकेट मैदानको दृश्य अत्यन्त सुन्दर छ,’ ट्रेगोले भने, ‘यहाँको वातावरणले निकै लोभ्यायो । म फेरि पनि नेपालमा खेल्न चाहन्छु ।’

पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले विदेशी खेलाडी नेपालमा क्रिकेट खेल्न इच्छुक देखिएको बताए । छोटो समय र प्राविधिक कारणले पीपीएलमा आउन चाहेका अरु राम्रा खेलाडीलाई सहभागी गराउन नसकिएको उनले बताए । यसै वर्ष हुने ईपीएलको दोस्रो संस्करणमा सहभागी हुने टोलीले पनि विदेशी खेलाडी भित्र्याउने घोषणा गरिसकेका छन् ।

पीपीएलमा सहभागी विदेशी खेलाडी :

एक्सपर्ट धनगढी

– डान लरेन्स (इंग्ल्यान्ड)

– पिटर ट्रेगो (इंग्ल्यान्ड)

चितवन राइनोज

– स्मित पटेल (भारत)

– सन्नी पटेल (भारत)

विराटनगर टाइटान्स

– मोहम्मद जइद आलम (पाकिस्तान)

– एन्टोन एन्ड्रयु सुभिक्सन (भारत)

बुटवल ब्लास्टर

– चिराग सुरी (यूएई)

– रोहन मुस्तफा (यूएई)

पोखरा पल्टन

– रविइन्दर सिंह (भारत)

– मोहम्मद नाविद (यूएई)

हुलास काठमाडौं रोयल्स

अन्नपूर्ण पाेस्ट दैनिक

– जयक्रिसन कोल्सावाला (भारत)

– गौरभ तोमार (भारत)

Leave a reply

HTML Tags are not supported

Post My Comment »