जितका लागि अन्तिम बलमा ६ रन आवश्यक हुँदा बलरले लगातार ६ बल वाइड फालेपछि (भिडियो)

२६ पौष २०७५
banner

एजेन्सी। भनिन्छ क्रिकेट अनिश्चितताको खेल हो । भारतीय क्रिकेटर विरेन्द्र शेहवाग भन्न गर्छन् ‘क्रिकेट अनिश्चितताको खेल, यहाँ सबै अनुमान फेल’ । र क्रिकेटलाई एक बलको खेल पनि भनिन्छ ।

किन भने क्रिकेटमा एक बलमा धेरै कुरा हुन सक्छ । आउट, एक रन, २ रन, ३ रन चौका, छक्काm वा यो भन्दा पनि धेरै । त्यसैले यसलाई एक बलको खेल पनि भनिएको हो । 

हालै भारतको एक क्लवस्तरको खेलमा यस्तै अनौठो रिजल्ट आयो । 

यहाँ जितिसकेको मानिएको टीमले हार्यो । जित्ने टिमले आफ्नो कारणले होइन विपक्षी कारणले जित्यो । 

महाराष्ट्रमा एक क्रिकेट प्रतियोगिताका क्रममा खेल जितनका लागि अन्तिम ओभरको अन्तिम बलमा ६ रन चाहिएको थियो । बलरले लगातार ६ बल वाइड फालिदिए । यसप्रकार ब्याटिंग गरिरहेको टीम एक बल बाँकी रहँदै खेल जित्न सक्षम भयो । 

यो खेल आदर्श क्रिकेट क्लवमा जुनी डोम्बीवली र देसाई टीमबीच भएको थियो । डोम्बीवलीले देसाईलाई जितका लागि ७६ रनको लक्ष्य दिएको थियो । देसाई टीमले एक बल बाँकी रहँदै खेल जित्यो ।

हेर्नुहोस अन्तिम ओभरको बलिंगः

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l