न्युजिल्याण्डसँग पराजित भएपछि धाेनी सन्यास लिँदै !

२६ अषाढ २०७६
banner

नयाँ दिल्ली। भारतीय चर्चित क्रिकेटर एमएस धोनीले सन्यास लिने चर्चा व्यापाक भएको छ। विश्व कप क्रिकेटमा न्युजिल्याण्डसँग पराजित भएपछि न्युजिल्याण्डसँगको खेल धोनीको अन्तिम खेल हुने बताइएको छ।

अब धोनीले सन्यासको घोषणा गर्नेछन्। यद्यपी यो विषयमा धोनीले आधिकारिक रुपमा केही पनि बताएका छैनन्। भारतीय क्रिकेट टीममा कप्तान विराट कोहोलीले पनि धोनीले सन्यास लिने विषयमा आफूलाई केही नबताएको जनाएका छन्। 

खेल सकिएपछिको पत्रकार सम्मेलनमा कोहलीसँग के वेस्टइण्डिजसँग खेल्न धोनी जान्छन् वा धोनीले आफ्नो सन्यास वा भविष्यको बारेमा केही बताएका छन्? जवाफमा कोहोलीले भने–धोनीले आफ्नो भविष्यको बारेमा केही पनि बताएका छैनन्।’

विश्व कप २०१९  सुरु हुनु भन्दा पहिला नै धोनीको यो अन्तिम विश्व कप हुने बताइएको थियो। धोनीले पनि त्यस्तै इशारा गरेका थिए। उनले आफूले २०१९ को विश्व कप खेल्न चाहेको बताएका थिए।  केही समय अगाडि बीसीसीआईका एक अधिकारीले विश्व कप २०१९ को विश्व कप धोनीको करियरको अन्तिम खेल हुन सक्ने बताएका थिए। 
 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |