'दाल भात तरकारी' शिर्ष गीतमा हरिवंश र निरुताको वेटर बनेर यस्तो मस्ती (भिडियो)

१ चैत्र २०७५
banner

काठमाडौँ । चलचित्र दाल भात तरकारीको नयाँ गीत रिलिज भएको छ । आज मात्रै चलचित्र ुदाल भात तरकारीु शीर्ष गीत मह संचारको युट्युब मार्फत सार्वजनिक गरिएको हो भने रिलिज अगावै यस गीतको चर्चा निकै चलेको थियो ।

मह संचारको ब्यानरमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारी वैशाखको १३ गतेबाट रिलिज हुन लागेको छ भने यस अघि भिजिट भिसा बोलको गीत सार्वजनिक भएको थियो जुन निकै चर्चामा आएको थियो भने यो नयाँ गीत पनि त्यस्तै राम्रो बनेको छ ।

फिल्मको शीर्ष गीत रिलिज गर्नु पूर्व निर्माण टिमले सो गीतका केही तस्बिरहरू सार्वजनिक गरेको थियो जसका कारण दर्शकहरू यो गीत रिलिज हुने दिनको प्रतीक्षामा थियो भने हाल यो गीत रिलिज भएको छ । गीतमा शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द रहेको छ । गीतमा राजेशपायल राइ र स्मिता दाहालको स्वर रहेको छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मालाई फिचरिङ गरिएको छ । प्रविण सिंहले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा सुदन केसीको निर्देशन छ ।

हेर्नुस् भिडियो :

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli