दैलेखमा अत्याधुनिक सुविधासम्पन्न अस्पताल सञ्चालन

२८ माघ २०७५
banner

दुल्लु । दैलेखका दुल्लुमा निजी क्षेत्रको लगानीमा निर्मांण भएको अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ। 

दुल्लु नगरपालिकामा करिब रु दुई करोड ५० लाखको लगानीमा १५ शैयाको आशाराम अस्पतालले शनिबारदेखि आफ्नो सेवा आरम्भ गरेको छ। 

दुल्लुमै विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिए।

यहाँका विपन्न र आर्थिक अवस्था कमजोेर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ। 

अस्पतालमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ । खनालका अनुसार अस्पतालमा थाइराइड, सुगर, दिसापिसाबलगायत परीक्षणसहितको सुविधासम्पन्न प्रयोगशाला रहेको छ। 

अस्पतालले आगामी दिनमा सेवासुविधा थप गरेर यहाँका आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई सुलभदरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ। 

अस्पतालको सेवाआरम्भ भएको अवसरमा पहिलो दिन स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। अस्पतालको उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले दुल्लुमै विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने बताए। 

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्निक सञ्चालनमा आए पनि निजीस्तरबाट पहिलोपटक अस्पताल सञ्चालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकलाई सहजता हुने बताए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l