दसैँका लागि खसीबोका किन्नेको चटारो (फोटोफिचर)

२४ आश्विन २०७५
banner

काठमाडौँ । नेपालीहरुको महानचाड बडादशैं आजबाट सुरु भएको छ। दशैँको आज पहिलो दिन घर–घरमा जमरा रोपिँदै छ। 

दशैंकै लागि लुगा पसल, माछा मासुका लागि बजारहरु लगायतका स्थानमा अरु बेला भन्दा मानिसहरुको चहलपहल पनि बाक्लो देख्न सकिन्छ। यस्तै कंलकीको खसी बजारमा पनि खसी, बोका, च्याङ्ग्रा किन्न आउने ग्राहकहरुको उपस्थिती पनि बाक्लिएको छ। 

दशैँमा अरुबेला भन्दा मासु धेरै खपत हुने भएका कारण पनि अहिले खसी, बोका तथा च्याङ्ग्राको बढी माग हुने गर्दछ। सोही कुरालाई मध्यनजर गर्दै खसी बजारमा यतिबेला देशका विभिन्न स्थान तथा भारतबाट खसीबोका धमाधमा ल्याइदैं छ। 

भेंडा च्याङ्ग्रा भने मुस्ताङ तथा तिब्बतबाट आउने गरेको छ। तर नेपाल खसी तथा बोकाको लागि अझै पनि भारतमा निर्भर पर्नुपर्ने बाध्यता छ। भारतबाट अझैपनि करिब ७० प्रतिशत खसीबोका नेपाल भित्रने गर्दछ। 

नेपालमा पहिलेको तुलानामा खसीबोकामा राम्रो उत्दापन भएपनि ढुवानीको समस्याका कारण यसलाई व्यवस्थापन गर्न कठिनाई परेको छ। दशैंकै अवसरमा कंलकीको खसीबजारमा खसीबोका र भेंडाच्याङ्ग्राको लागि छुट्टै स्थान समेत बनाइएको छ। अहिले व्यवसायीहरुले खसी प्रतिकेजी १००० रुपैयाँमा बिक्रि वितरण गरिरहेका छन्। सबै तस्वीर आर्यान धिमाल (डिसी नेपाल डटकम)

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l