वासिंङ्टन डिसी वरपरको दशैं र खसी !

२२ आश्विन २०७५

banner

डिग बहादुर तामाङ्ग 

मेरिल्याण्ड, अमेरिका । चाडवार्डहरुको पनि महा हुन्छ नेपालमा भन्दा अन्य देशका मान्छे छक्क पर्दा हुन्। तर देवहरुको पनि देवलाई महादेव भनेर माने जस्तै हाम्रो देशको चार्डपर्वहरुको पनि महा चार्डको नाम हो महादशैं, यसलाई किन महा अर्थात् बडा भनेका होलान् भनेर सोध्यो भने प्रशस्तै उत्तर दिने ठाउँ छ। 

महानवमी, पछि मात्रै दशमी आउँने हुनाले पनि महा दशैं भनेको हुनुपर्छ। यस पर्वको महानता भनेका नयाँ लुगा फेर्ने बर्षभरि फर्सिको मुन्टो तरकारी खाएर जिव्रै हरियो भै सकेको हुनाले यो पर्वमा, चिची (मासु) पनि अगेनोमा पाक्ने हुँदा महा नवमी अथवा महा दशैं भनेको होला। 

मासु नखानेहरुको लागि त घिरौंला, कुभिन्डो शक्तिहरुको पनि महा शक्ति भएकी माता दुर्गेभवानीलाई अर्पण गरेर चढाए हुने। तर दशैंको मौका छोपी मुखमिठ्याउँन कसलाई मन नलाग्ला। आज नेपालको जनसंख्याको एक चौथाई विदेशमा बसोबास गर्छन् । जहाँ गए पनि जहाँ रहेपनि यो मन त नेपाली हो भने झै दशैं आयो कि त खसीको परिकार सम्झेर मुखमा साउनको झरिमा जमिन रसाएझैं नेपालीको मुखहरु रसाउन थाल्छ। 

दशैंमा कुखुरी काँ ले पनि नहुने, सुँगुरलाई बँदेल सम्झेर खान पनि मन नलाग्ने। जे छ त्यो खसीमै छ । खसीको स्वादिलो मासुको कवाफ, आँन्द्राभूँडीको लसुन राखेर पकाएको भूँटुन, कलेजो फोक्सोको सितन राखेर टेबल नसजाएसम्म गोर्खालीलाई किन निद्रा पथ्र्यो र ?

अमेरिकामा मात्रै होइन आजकल संसारभर रहेका नेपालीहरु सकेसम्म खसी खोजेर नै दशैं मनाउने चलन चलिसकेको अवस्था छ। धेरै पहिले नेपालबाट फूलब्राइट छात्रवृत्तिमा डुक विश्वविद्यालयमा एक सरकारी उच्च ओहादाका व्यक्ति पढ्न आएका थिए उनलाई दशैंमा खसीको मासूको तिर्सना जागेर आयो। विश्वविद्यालयबाट अन्य नेपाली साथीभाइ लिएर नर्थक्यारोलाइनको गाँउतिर लागे छन् । चारपाँचवटा खसी देखेपछि, सबैभन्दा घख्चीको खसी समातेर ईतिश्री गरेछन् त्यहिबेला प्रहरी टुप्लुक्क पुगेछन, परेन के फर्साद।

प्रहरीले यसरी खसी मार्न पाइँदैन अमेरिकामा भनेछ। प्रहरी सोधेपछि नेपालीको गहुगोरो अनुहार रातो भएछ। पढेलेखेको मानिस भएकोले तुरुन्त जवाफ फर्काए। “दिस ईज अवर बिग हिन्दु फेस्टिबल, देरफोर वै निड टु किल गोट” भने पछि। “ए म्यान सो इट इज योर रिलिजन फेस्टिबल” ओके यो आर फ्री दिस टाइम भनेर प्रहरी मोटोरको साइरन बन्द गरेर गए पछि ती नेपाली विद्यार्थीले ढुक्कले श्वास फेर्दै मासुलाई चपलहिल तिर आफ्नो डेरातिर लगेथे। 

यस्तै खालको घटना यो पंक्तिकारलाई पनि नपरेको होइन। २०५५ सालको दशैं थियो। बाल्टिमोरबाट भूपिशेरचन नक्कली, उनैको साथि थकाली आए एकजना थकाली बहिनीकामा आएर बसेका रहेछन्। त्यस समय अहिलेको जस्तो सेलफोनको चलन थिएन, शनिवारको विहाना थियो। दाइ अनिता –आनेट दिदीको चिनेको ग्राहकको फार्म छ रे थुप्रै बोकाहरु छन रे त्यहाँ जाने होइन लिन।

दशैंको समय नानीहरु भुराभुरी नै थिए। म पनि थकाली बहिनीहरु र थाकाली भाइहरुसंग आनेड डक्टरको साथमा गएँ। गेथेस्बर्गबाट करिब ५० माइलको दूरिमा पुगियो सबैजना। एउटी आधबैंसे स्वेत महिला घरबाहिर आएर हाई “हाइ आनेड हाउ मेनि गोट यु निड” त्यसपछि गोपालले एउटा, ओमले एउटा गरेर पाँचवटा बोकाहरुलाई आनेडको गाडिमा राखेर ल्यायौं। 

रुट २८ तिरबाट म्याँ म्याँ गर्छन बोकाहरु तै पनि हामीलाई के डुक्क थियो भने। आनेड चाँहि पेसाले पशुचिकित्सक थिइन। कहाँ लानृ भनेर प्रहरी अथवा अनिमल प्रहरीले फेला पार्लन भन्ने डर थिएन। आनेड नेपालमा बसेर नेपालीहरुले के खान्छन र कसरी खान्छन भन्ने ज्ञान बटुलेर आएकी थिइन। नेपाली खरर बोल्थिन पनि। बोका त पाइने पाइने तर बोकाहरुलाई कसरी इतिश्री गर्ने यो समस्या भयो। पिर नगर्नु दाइ मलाई थाह छ के गर्न पर्छ भनेर आनेडले भनिन्।

बोकाहरुलाई गाडीबाट झिकेर खोरमा हाल्ने बेलामा, मेरो भागमा पर्नेले खोरतिर होइन बाहिर निस्केर भाग्न थाल्यो। बोका अघि अघि म पछि पछि, परेन के फसाद। अमेरिकाको देश त्यहिमाथि गेथेस्बर्गको शहर । मेरो पछि पछि भेटनरी डक्टर नभएको भए मैले त्यहि समय अन्तिम सास फर्न बाध्य हुनुपर्ने थियो झण्डै पाँच छ माईल बोकालाई लखारेपछि, हाम्रो देशको पानी पन्धेरो जस्तो ठाउमा एक हुल ठिटाठिटीहरु बस्केट बल खेल्दै बनभोज खाँदै गरेको रहेछ, डक्टर आनेडले “ हेलो माई पेट गोट रुनिङ अवै क्यान यु हेल्प अस टु क्याच हिम” मेरो घरपालुवा बोका भागेर आयो समाउन मद्दत गदि दिनु पर्यो भनेर कराए पछि मात्रै मेरो मर्ने दिन गयो जस्तो लाग्यो। उनिहरुको सहयोगमा बोकालाई आनेडको घरमा ल्याएर खोरमा राखेर म अटमहिलवेमा आएँ जाँह मेरो घर छ।

भोलिपल्ट म त्याँह जाने आँट आएन। पछि गोपाल गौचनले “लौ दाइहरुको भागमा परेको मासु लाएको” भने पछि। दशै मानेर आनेडलाई धेरै धन्यवाद दिए। १९८१ तिर एउटा खसीको दाम पथ्र्यो ८० डलर, अहिले एउटा खसिको दाम झण्डै ४०० डलर पर्छ, लिन जानुपर्छ एक दिनको बाटो हाइवे २७० नोर्थ त्यसपछि रुट १५ नोर्थ त्यसपछि रुट ९७, पहिले नेपालीलाई देख्ने वित्तिकै सलाम गर्ने बखरे अहिले नेपाली नआई देवोस जस्तो गर्न थाले। नेपालीलाई दशैंमा खसी नै चाहिन्छ भन्ने बखरेलाई थाह भयो। 

नेपाली जातीहरुको बढ्दो जनसंख्याका कारण खसीको मागमा अत्यधिकवृद्धीभयो र आपुर्ति कम भएकोले पनि खसी नेपालमा भन्दा दोव्बर महंगो हुन थालेको छ । हाल आएर मेरिल्याण्ड, वासिंङटन डीसी र भर्जिनियाका लागि भनेर नेपालीले मूलका व्यक्तिले भर्जिनियाको कल्पेपरभन्ने ठाउँमा खसीबोकाको फर्म खोलेर खसीको बजारमा सामेल भएका छन् भन्ने खबरले आगामी दिनमा नेपालीहरुले खसीको मासु सहज र सुलभ पाउलान् भन्ने आशा राख्दै अमेरिकामा नेपालीमूलका किसानलाई शुभ कामना दिँदै दशैं सबैको रमाइलोसँग बितोस् यही शुभकामना ! 

Leave a reply

HTML Tags are not supported

Post My Comment »