'दुई पाइलटको जहाज'

३० फाल्गुन २०७५
banner

व्यंग्य कविता

दुई पाइलटको जहाज 

कहिले पुग्ला गन्तव्यमा दुइ  पाईलटको जहाज 
हल्लै अति मन्द गति मात्र ठूलो आवाज ।
एउटा सिटमा दुइटा पाइलट बसे जाना जानी
मैँ चलाउँछु जहाज भन्दै गर्दै खिचातानी ।।

एक्लै छोड्दा एक अर्कामा संका भएर होकी 
हिँड्दा रैछन् एक अर्कालाई संगै संगै बोकी ।
साँघुरो  त्यो एउटा कुर्ची दुइटा पाइलट बसी  
गन्तव्यमा पुग्ने होकी जल्छ भुइमा खसी ।।

दाँया बाँया  बस्ने पाइलट एकै ठाँउमा बस्दा 
तिमी पनि बाँचौला र भुईमा जहाज खस्दा ।
जहाजलाई गति दिने मात्र एउटा चाबी 
त्यहि चाबिमा हुँदा आज दुइटा पाइलट हाबी ।।

कुहिरो भित्र अल्मल्लिएर हराए झैँ बाटो 
गति बिहिन जहाज भयो हुदा मनमा फाटो ।
एउटा ताक्छ दक्षिण दिशा अर्को ताक्छ उत्तर 
सिधै अघि बढ्ने जहाज भयो ठाडो पुचछर ।।

दुइटा ब्रान्डका फरक इन्जिन  परिक्षणी  उडान 
न त मिल्छ आकार गति न कसिलो जडान।
नराम्ररी हल्लो जहाज खस्लै  जस्तो गरी 
क्यबिनको ढोका खोल्दै निस्की एउटी परी ।।

सुन्दरी त्यो एअर होस्टेज रैछौ स्वरकी धनी 
सबै यात्रु शान्त पार्दै गीतैबाट भनी ।
उसले भने सुन्थेकी खै भने जस्तो गरी 
यात्रु सबै जम्मा भए उसकै वरिपरी ।।

दुई पाइलटको मनमुटाबमा खस्ने हो कि जहाज 
लौ न नानी भित्र गएर सुनाउ न यो आवाज ।
एउटा मुख्य अर्को सहायक हुनुपर्ने ठाँउमा  
जहाजै पो धराप भयो गठबन्धनको नाउँमा ।।

अर्जुन राज पन्त 


 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll