पार्टीको नासो पार्टीलाई नै फिर्ता

२४ जेठ २०७६
banner

दयाराम पण्डित

बाजुरा । सहकारी सिद्धान्त, मुल्य मान्यता र पत्रकारिताको मुल्य मान्यता आचारसंहिता तात्विक रुपमा दलीय राजनीति भन्दा पृथक छन्। लोकतन्त्र विनाको पत्रकारिता र आर्थिक सामाजिक समृद्धि बिनाको लोकतन्त्र सम्भव छैन।

कलेजको पढाई आधाआधीमा पत्रकारिता सुरु गरे र त्यसपछि सहकारिता पनि सूरु गरे। मलाई आत्मै देखि थियो ‘रोजीरोटी नपाएका लागि सहकारिता र आवाज विहिनका लागि पत्रकारिता’ गर्नुपर्छ। बाजुरामा त्यो अनिवार्य थियो कुनै न कुनैले होमिन आवश्यक थियो त्यो वेलामा। रहर अनि बाध्यताबस पनि जानी नजानी पत्रकारिता पेशामा लागे।

मलाई पत्रकारितामा लाग्न अभिप्रेरित गर्ने बिबिसी सम्बाददाता उमिद वागचन, बाजुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, रेडियो नेपालका समाचार प्रमुख सुशील कोईराला र कृष्ण खत्री अनि तत्कालिन माननियको हैसियतले जनकराज गिरीप्रति आभारी छु।

त्यसैगरी केही समयपछि सहकारी बारेमा जानकारी गराउने आदरणीय गुरु केयर नेपालका आरडिओ सितेस तिवारीप्रति पनि नतमस्तक छु। मालिका टाईम्स दर्ता गरी सम्पादक भईयो। हिउँचुली पत्रिका प्रकाशन गरियो। जिल्ला बाहिरका मिडियाका लागि त न्यूज एजेन्सीका रुपमा काम गरियो। स्वतन्त्र पत्रकारिताको मजा अर्कै।
पत्रकारिता सुरु गरेको दुुई दशकसम्म बाजुराको पत्रकारिताको नेतृत्व समालियो। अन्ततः त्यो साझा संगठन थियो सबै अटेका थिए। अलिअलि दलीय राजनीति प्रभाव थियो। मेले राजनीतिक ‘बाठो’ हुन खोज्दा म माथि नै प्रहार हुँदै आयो। महासंघ बुुझायो भन्ने आरोप मैले खेपिरहे। त्यो मेरो एनजिओ थिएन, किनकी त्यसकै नाममा महल ठड्याउने दिदी बहिनी, भाईछोरालाई पालिराख्न आफू अध्यक्ष भैराख्नलाई।

त्यसपछि सहकारी खोलियो ‘त्रिवेणी सहकारी संस्था’। २६५० रुपैयाँ लगानीमा अब अहिले जिल्लाकै आस भरोसाको केन्द्रका रुपमा हेरिन्छ। राष्ट्रबाट पुरस्कृत छ। त्यसपछि साझा संगठन जिल्ला सहकारी संघ गठन गरियो। त्यसमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेँ। सकुशल स्वभाविकैले नेतृत्व हस्तान्तरण गरियो।

पछिल्लो समयमा सहकारी मार्फत रेडियो खोल्न पर्छ भन्दै शीर्षस्थ नेता जीहरुको सुुझाव आयो। सहयोग पनि प्राप्त भयो। ईकडी, कवाडी, लैफु थमलेखमा एक सदस्य एक रेडियो सेटको अवधारणामा चन्द्र बहादुर शाह जी मेरो सक्रियतामा डोटी हुँदै काठमाडौं पुगियो।

जिल्लाभर कार्यक्षेत्र भएको एकमात्र सञ्चार सहकारी खोल्न धेरै प्रयास पहल गरियो। हप्ता दिनमा दर्ता गरेँ। साथीहरु आआफ्नो काममा थिए। हाम्रो अभिष्ट उद्देश्य त रेडियो खोल्ने थियो। जिल्लामा १३ लाख रुपैयाँ शेयर बचत थियो। कहाँबाट भयो २६ लाख रुपैयाँ जम्मा गरियो।

लाइसेन्स प्राप्तिका लागि आदरणीय नेता जनकराज गिरी लागि पर्नुभयो। जिल्लाको व्यवस्थापनमा म आफै लागेँ। जेठमा रेडियोको लाईसेन्स निकाल्यौ। आषाढमा सामान खरिद गर्न लाग्यौं। म सामानका लागि दौडिदै गर्दा एकजना परम् मित्रले दयारामले रेडियो बनाउने हैन रकम लिएर भाग्दै छ भन्ने सुनाए। आखिरपछि थाहा भयो जप्ने उहाँनै हुनुहुँदोे रहेछ। जेठको लाईसेन्स प्राप्त साउन सामान बाह्रविस झारेँ। त्यतिबेला मार्तडीसम्म बाटो थिएन। मेखराज जी र श्रीचन्द्र भाई लागेर भरिया लगाएर मार्तडी सामान ओसारेँ। अषाढमा प्रसाण हुने रेडियो त्यतिबेला आर्मीका मेजरसाहेवले भाई भाई भनेर फसाउनुभयो। टावर राख्न दिनुुभएन।

अन्तमा तत्कालिन पार्टी सभापति मानबहादुर रावलले सिडिओ र मेजरसंग घम्साघम्सी गर्नुभयो । अन्तमा सिडिओले भन्नुभयो दयाराम जी तपाईकोबारे बुँझे टावर अलि तलपट्टी सोरेर गाड्नुस् उहाँले भन्नुभयो। त्यसको जवाफ म दिन्छु भनेपछि म बाहिर थिए। तत्कालीन सहकर्मी पदम वडुवालले निकै सक्रियाता देखाउनुभयो र रेडियोको टाउर ठड्याईयो।

अन्तत्वगत्वा २०६९ असोज १३ गते साँझ रेडियो पौरखीको उद्घाटन गराईयो। त्यही साँझ मलाई एक जना नेताजीले फोन गर्नुभयो मार थर्काउनुुभयो । मैले भने भोली फोन गरौँला अहिले राख्नुुस् भने।

तर, अन्तिममा उहाँले भन्नुभयो तँलाई ‘०’ मा झार्छु। मैले त्यसै दिन सोचेको थिएँ, म पार्टीको चुँगुलमा फसेछु। तत्कालिन (२०६१) सिडिओ डुल्लु बस्नेत र प्रहरी नायब उपरीक्षक सुदीप आचार्य आर्मीका मेजरले हामीलाई (हरी, म र अर्जुन जी) रानीवनमा लिएर सिध्याउने खेलभन्दा पार्टीको महाचंगुलमा म फसेछ भन्ने डर लाग्यो। त्यति हुँदै गर्दा २०६९ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेता अर्जुन नरसिंंह केसीको प्रमुख आथित्यमा रेडियो औपचारिक रुपमा उद्घाटन गराईयो।

तत्कालिन जिविस प्राङ्गण भरिभराउ भयो। त्यसले स्वच्छ प्रतिस्पर्धा गर्ने अन्य सञ्चार माध्यामलाई सकारात्मक उर्जा दियो तर, ममाथि आन्तरिक हमाला भयो। त्यसपछि रेडियोमा काम गर्ने साथीहरु पनि विभिन्न निहुँ र बहाना बनाउदै अटेरी हुन थाले। त्योभन्दा अघि बहिनी मना कुँवर र सुशीला जीले रेडियोका लागि गरेको योगदान म कहिलै विर्सन सक्दिन। त्यस्तै श्रीचन्द्र पाध्याय पनि अविस्मरणीय पात्र हुन्। टाँटेका हेमराज र कोल्टीका गौरीलाल पनि कर्मचारीमा सहयोगी थिए। अघिल्लो रात पाँच सय रुपैयाँमा ‘तीन सय’को शेयर लिने भोलिपल्ट ‘हामी पनि यो संस्थाको शेयर लगानीकर्ता हौं’ भन्ने धम्की आयो। अब फेरि के हुन्छ भन्ने लागेको थियो। त्यसपछि कर्मचारी पनि मदेखि टाँढिदै गए।

तीन लाखको ट्रान्समिटर नौ लाखमा ल्यायो। बिडब्लुको ट्रान्सफर्म भन्ने हल्ला चलाए। छानमिन समिति गठन गरे प्रतिवेदन लेखे। त्यसको मुल चुरो थियो– कसैलार्ई कार्यसमितिमा नल्याएको। कसैलाई रेडियो उद्घाटनमा बोल्न नपाएको र कसैलाई उनका अलग खेमाका मान्छेबाट उद्घाटन गराएको। कसैका समाचारमा नाम नआएको ईत्यादि।

मैले विवादमा बस्नुभन्दा सुरुवात भएको छ, चलाउनुस् भनेर नेताजीलाई प्रस्ताव गरे मान्नुभएन। लाजकाजले म फेरि गए। सात वर्षमा हजार बढी एपिसोट म आफैँले समय चक्रका नाममा चलाए। समाचार म आफैँले कति लेखे, त्यो मलाई नि थाहा छैन। घरको टेलिफोन, ल्यापट दिए। कुर्सी, दराज दिए तर, केहीले गफ मात्र दिएका थिए।
‘उज्यालो दिने प्राण हो भने टुकी त बाल्नै पर्छ।’ देबी खत्रीले घर दिनुभयो, रुद्र थापाले स्टुडियोको लागि घर दिनुुभयो। दर्जनौँ पत्रकार उत्पादन भए। दर्जनौँ सहकारीकर्मी उत्पादन भए। मैले गाली खाई रहे। माओवादी सालाजी लाई रेडियोमा राखि भनेर आरोप आईरह्यो। उनैले त्यही रेडियोको लागि जग्गा किन्ने पैसा जुटाए। उनैले सबै कर्मचारीलाई तलब खुवाए।

थोरै भएपनि ब्याजको मुनाफा लिए। युवा स्वरोजगारबाट ऋण ल्याइयो, रेडियो चलाइयो । गरी खाँउ भनेर कोल्टी, मार्तडी र फालासैनमा रेमिटेन्स चलाईयो तर, आन्तरिक खिचलोले टाउकोमा आउने सन्त्रास भयो। साथीले छोडे।
समितिमा रहँदा एक्लैले चलाउनुपर्ने बाध्यता आयो। पटक–पटक बैठक बोलाउँदा नआउने एक्लैले ईनिसेन लिँदा दयारामको कम्पनी भन्ने आरोप आयो। ढिलो भयो साधारणसभा गर्दा। दर्जनौं साथीसंग भगडा भयो। हुनेखाने बालाबाट शेयर फिर्ता भए। आफैँले चलाएको रेडियो लाई दिनुपर्ने सूचना कटौती गरिए। सडक छापमा नानाथरीका कुराकाटे। कर्मचारीलाई भड्काए। एउटा सामाचारमा नाम नआए ‘तेरा बाउको हो?’ भन्ने गालि गलौज आए।
प्रेस काउन्सलिमा मुद्धा परे। अदालतमा मुद्धा हाल्ल प्रयत्न भए। ममाथि हरेक खालका हत्गण्डा हुँदै गर्दा कता गए सहकारीका शेयर सदस्य ? कता गए ती झुण्डका नेता ? त्यसैले देशमा नसकेपनि बाजुराको माटोमा आमा बुवाको आर्शिवादले संस्थापकीय काम गरेको छु।

मसँग असल मित्र पनि छन्, उहाँहरुको संगतले म अझै केही नयाँ कामको सुरुवात गर्ने छु। त्यसपछि त्यो पनि तपाईलाई सकुशल हस्तान्तरण गर्नेछु। म यति मात्रकी मैले दश नँग्रा खियाएर विवेक र परिश्रम गरेर कमाएको मेरो व्यक्तिगत सम्पति मात्र सहजै हस्तान्तरण गर्न सक्दैन। अरु सबै हस्तान्तरण हुने छन्। ढुक्क रहनुहोला।
नेतृत्व हस्तान्तरण गर्नु स्वभाविकै हो यसमा मेरा शुुभचिन्तकले कुनै गुन्जायस नमान्नुहोला । हाललाई म सहकारी र रेडियोको कुनैपनि भूमिकामा हुने छैन। यति भन्दै गर्दा स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारका पक्षमा म कपालमा कफन बाँधेर तपाईको साथमा हुने छु।

मलाई पत्रकारिता र सहकारितामा पार्टीको लोगो नभिडाउन अनुरोध गर्दछु। मेरो आवश्यकता छ भने स्वतन्त्र पत्रकारिता र सहकारीका मुल्य मान्यता सिद्धान्त विपरित बाहेक मेरो साथ रहेन छ। पौरखी विकास सञ्चार सहकारीको नयाँ नेतृत्वलाई हार्दिक बधाई। पार्टीको नाँसो विधि सम्मत् पार्टीलाई बुुझाएँ। हाँसी खुसी सहकारी र रेडियो चलाउनुहोला। रेडियोकै कारण नबोल्ने मित्रले भोलिदेखि मसंग बोलिदिने प्रयत्न गर्नुहोला। म हात मिलाउन आउँला हात दिनुहोला। हाई सञ्चो मान्नुुहोला। धन्यवाद।

-लेखक पण्डित बाजुराका पत्रकार हुन्।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l