डिसीनेपालको टि–२० कन्टेस्ट विजेताः सन्दिपका प्रशंशकदेखि सोमपालका डाइहार्ट फ्यान

२५ आश्विन २०७५

banner

काठमाडौं। डिसीनेपालले मलेसियामा जारी टि–२० विश्वकप एशिया छनोटको क्रममा राखेको पूर्वानुमान गर्ने प्रतियोगिताका २ विजेतालाई पुरस्कार प्रदान गरेको छ । पहिलो प्रतियोगिताका विजेता प्रदिपकुमार पाण्डेलाई १०० डलर र दोस्रो प्रतियोगिताका विजेता विजय पन्थीलाई १५० डलर पुरस्कार प्रदान गरिएको हो । पुरस्कार डिसीनेपालका सम्पादक प्रमोदकुमार ढुंगानाले विजयीहरुलाई हस्तान्तरण गरे । 

पहिलो प्रतियोगिताका विजेता पाण्डे महेन्द्रनगरका हुन् । उनी अहिले काठमाडौंको कोटेश्वरमा बस्दै आएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका पाण्डे क्रिकेटका फ्यान हुन् । यद्यपि उनी प्रोफेशनल क्रिकेट भने खेल्दैनन् । उनी सन्दिप लामिछानेलाई आफ्नो मन पर्ने क्रिकेटर मान्छन् । सन्दिपमा क्रिकेटको भविष्य देख्ने पाण्डेले सन्दिप विश्वस्तरीय स्टार बन्ने मान्छन् । पाण्डे गायनका सौखिन हुन । उनले गायनबाट विभिन्न प्रतियोगिता पनि जितेका छन् । 

दोस्रो प्रतियोगिता विजेता पन्थी गुल्मीका हुन् । राष्ट्रिय टिमका बलर सोमपाल कामीको गृहजिल्ला गुल्मीका पन्थी सोमपाललाई नै आफ्नो रोलमोडल मान्छन् र उनीजस्तै बन्ने सपना देख्छन् । पन्थी मिडियम पेस बलर हुन् । राजधानीको बनस्थलीमा बस्दै आएका पन्थी बनस्थलीकै जेम्स स्कुलमा अध्ययनरत छन् । अध्ययनका अलावा उनी प्रोफेशनल क्रिकेटको प्रशिक्षण पनि लिइरहेका छन् । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले सानेपामा संचालन गरिरहेको काठमाण्डु क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका पन्थीले पुरस्कारमा जितेको १५० डलर क्रिकेट सिक्नमै खर्च गर्ने बताए । १५ वर्षका पन्थी हालै भएको यु–१९ राष्ट्रिय टोलीको छनोटमा पनि सहभागी भएका थिए तर छनोट भने हुन सकेनन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष