सहचालकको मृत्यु

२७ भाद्र २०७५

banner

विराटनगर । कृषि सामाग्री कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो ना५ख ५८८८ नंको ट्रकले आफ्नै सहचालकलाई सामान झार्ने गर्ने क्रममा ठक्कर दिँदा ज्यान गएको जनाएको छ।

बाहिरबाट ल्याइएको सामाग्री गोदाममा झार्नुभन्दा पहिला गाडीलाई मिलाउने क्रममा थर खुल्न नसकेका करीब २२ वर्षीया प्रज्वलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले जानकारी दिए।

प्रहरीले ट्रकका चालक काभ्रे ज्याम्दी गाउँपालिका–३६ वर्षीय विनोद साहीलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »