काठमाडौँको सरकारी धारामा माइक्रोको ठक्करबाट बालिकाको मृत्यु 

२० मङ्सिर २०७५

banner

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सरकारी धारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

सामाखुशीको सडकमा आज बा१ज ८४५९ नं को माइक्रोबसको ठक्करबाट झापा केचना गाउँपालिका–३ का तीन वर्षीया जिया यादवको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जितेश दाहालका अनुसार गम्भीर घाइते यादवको उपचारका क्रममा कान्ति बाल अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष