विभिन्न जिल्लामा ४ जनाको शव फेला

२५ पौष २०७५
banner

काठमाडौं । आज विभिन्न चार जिल्लामा ४ जनाको शव फेला परेको छ। भक्तपुर, मोरङ, दाङ र सर्लाहीमा ३ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका ३ राममन्दिरस्थित टहरामा बस्दै आएका भोजपुर दिलाका ६० वर्षीय टिकाराम भुजेल बुधबार बिहान सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन्। 

मोरङको सुन्दरहरैचा नगरपालिका ६ बस्ने ५३ वर्षीया जितमाया लिम्बु बुधबार बिहान सोही ठाउँस्थित भर्जना कुलोमा डुबेको अवस्थामा मृत फेला परेकी छिन् । 

त्यसैगरी दाङको राप्ती गाउँपालिका वडा नम्बर १ शान्तीपुरस्थित राप्ती नदी तर्ने क्रममा बगेका एक जनाको ज्यान गएको छ। 

अर्घाखाँची सितगंगा नगरपालिका ८ बडीदमार बस्ने ३३ वर्षीय यमप्रसाद श्रेष्ठ बुधबार बिहान पानीमा डुबी मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर २ पुर्नवास बस्ने सरोजकुमार पासवानको १५ महिनाको छोरा रोनिस पासवानको खेल्ने क्रममा घर नजिकै जमेको पानीमा डुबेर मृत्यु भएको छ।

यी विभिन्न घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी समाचार कक्षयले जनाएको छ। 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l