१३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला

२० कार्तिक २०७५

banner

गोरखा । यहाँ १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ। गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यही कात्तिक ८ गतेदेखि हराएका रम्तेलको शव गोरखा नगरपालिका–५ स्थित धारापानी खोलामा फेला परेको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए। शव किरा परी सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको उहाँले जानकारी दिए।

रम्तेल हराएको सूचनाका आधारमा खोजतलास गर्दा मृतावस्थामा भेटाइएको थियो। शवपरीक्षण गरी आजै आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक थापाले बताएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »