मरेको मुसाका कारण १९ हजार करोड डलर नोक्सन, कारण थाहा पाउँदा होस उड्यो

२९ भाद्र २०७५

banner

एजेन्सी । एक गर्भवती महिलालाई दिइएको सुपमा मरेको मुसा भेटिएपछि एक प्रसिद्ध चाइनिज रेष्टुरेण्टले १० करोड अमेरिकी डलरको नोक्सानी बेहोर्नु परेको छ ।

चपेस्टिकले सुपबाट मरेको मुसा निकालेको तस्वीर अनलाइनमा भाइरल भएपछि शिआबू शिआबू  नामको हटपट रेष्टुरेण्टको शेयर यो वर्षकै सबैभन्दा तल्लो स्तरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

चीनको शेनडुंग प्रान्तको आउटलेटलाई अस्थायीरुपमा बन्द गरिएको छ । यो रेष्टुरेण्टले ती महिलालाई ५ हजार चिनियाँ मुद्रा युआन मुआब्जा दिने कोषिस गरेको बताइएको छ । स्थानीय समाचार एजेन्सीका अनुसार रेष्टुरेण्टले मुआब्जा दिने प्रयास गरेपछि उनले आफ्ना  श्रीमानलाई सो विषयमा जानकारी गराएकी थिइन् ।

श्रीमानले यस्तो मुआब्जा अस्वीकार गरेका थिए । उनी मुआब्जा लिनुभन्दा पहिला आफ्नी श्रीमतीको पूर्ण स्वास्थ्य जाँच गराउन चाहन्थे । 
गर्भवती महिला ६ सेप्टेम्बरमा आफ्ना परिवारका साथ रेष्टुरेण्टमा गएकी थिइन् ।

जहाँ उनको खानामा मरेको मुसा फेला पर्यो । जब ती महिलाका श्रीमानले गर्भमा रहेको बच्चाको चिन्ता प्रकट गरे सो रेष्टुरेष्टका एक स्टाफले गर्भपात गराउन भने र २० हजार युआन दिने प्रयास गरे । 


सुपमा उम्लिएको मुसाको तस्वीर चिनियाँ सामाजिक मिडिया वेबसाइट भिबोमा फैलियो । र त्यहाँ हजारौं मानिसले रिस पोखेका थिए । एक प्रयोगक कर्ताले लेखेका थिए, ‘मलाई उल्टी आउने जस्तो भएको छ, म अब कहिल्यै पनि घरभन्द्या बाहिर खान सक्दैन ।’ ११ सेप्टेम्बरमा कम्पनीको शेयर मुल्य गएको वर्ष अक्टुबरपछि सबैभन्दा तल्लो स्तरमा पुग्यो । तर, बुधबारबाट भने यसको मार्केट भ्यालु विस्तारै माथि उक्लिन थाल्यो । 

रेष्टुरेष्टले एक विज्ञप्ति जारी गर्दै सरसफाईमा कुनै कमजोरी नभएकोमसेत जनाएको थियो । तर सो विज्ञप्ति पछि हटाइयो । त्यहाको प्रशासनले भने यो विषयमा छानविन गर्ने जनाएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »