युएस-बंगला दुर्घटनामा मृत्यु भएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन (फोटाफिचर)

२८ फाल्गुन २०७५
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौं। युएस–बंगला विमान दुर्घटनामा परी मृत्यु भएका विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। युवा चिकित्सक संघले मंगलबार राजधानीको माइतीघरमा दीप प्रज्वलनको आयोजना गरेको हो।

२०७४ फागुन २८ गते बङगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको युएस बङ्गलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ७१ जना यात्रुहरु मध्ये विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो।

जसमा नेपाली चिकित्सा जगतका एकजना बरिष्ठ न्युरोसर्जनसहित अन्य १३ जना युवा चिकित्सकहरु पनि थिए।

अन्य २० जना घाइते भएका थिए। उनीहरुको निधन भएको वर्षदिन पुरा भएको दिन सम्पूर्ण मृत आत्माको चीर शान्तिको कामना गरी दीप प्रज्ज्वलन गरिएको हो।

 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll