गजल-‘पतनको मार्ग हो, अहम छोडिदिनुस्’-दीपक आचार्य ‘जलन’

२६ आश्विन २०७५

banner

दीपक आचार्य ‘जलन’

मै हुँ ठूलो भन्ने, यो भ्रम छोडिदिनुस्
पतनको मार्ग हो, अहम छोडिदिनुस्

खाली जानुछ सबैले, जानु भन्दा पहिले
थोरै आफ्नोपन, कम से कम छोडिदिनुस्

मनमा कालो राखेर, मुस्कुराउदै महोदय
खाली भन्न स्वागतम्, स्वागतम् छोडिदिनुस्

चिन्ताले चितामा झन, छिटो छिटो पुर्याउँछ
बिन्दास हुनुस् धेरै सोच्न, हरदम छोडिदिनुस्

जिन्दगी लेखेर सकायो अब जादैछ स्वर्गमा
बिन्ती कविको लासमाथि कलम छोडिदिनुस्

बर्दिया, हाल : साउदी अरब

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष