के भन्छिन् त गर्भवती भएको हल्लाबारे दीपिका ?

२ बैशाख २०७६
banner

मुम्बइ। पछिल्लो समय अभिनेत्री दीपिका पादुकोण फिल्म ‘छपाक’को सुटिङमा ब्यस्त छिन् । फिल्ममा उनले एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिका निभाइरहेकी छन् । फिल्म सेटको केही तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिसकेका छन् ।

विवाहपछि अभिनेत्री दीपिकाको यो पहिलो फिल्म हो । दीपिका र रणवीर सिंहले गत वर्ष १४–१५ नाभेम्बरमा विहे गरेका थिए । तर विवाह भएको केही समयपछि नै दीपिका गर्भवती भएकी खबर आएको थियो । हालै एक मिडियासँग उनले यस्तो हल्लाबारे बोलेकी छन् । उनले भनेकी छन्, ‘यो कुरा जब हुनुपर्छ भन्ने जस्तो लाग्छ, तब हुनेछ ।’ 

दीपिकाले विवाहपछि महिलालाई गर्भवती हुने दबाब दिन आवश्यक नरहेको बताइन् । गर्भवती एकदिन हुनेनै भएकाले बारबार यसबारे बोलिरहनु गलत भएको उनको भनाइ छ । उनले भनेकी छन्, ‘मलाई लाग्छ, जब हामी यस्तो सवाल सोध्न बन्द गर्छौं, तब समाजमा ठूलो बदलाव आउने छ ।’ अहिले सुटिङ गरिरहेकी दीपिकाको फिल्म ‘छपाक’ २०२० जनावरीमा रिलिज हुनेछ ।

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।