नथाकेका देउवा र पालो पर्खेका शसांक

२९ भाद्र २०७५

banner

निर्मला घिमिरे 
काठमडौं । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू ‘नथाकेको’ बताइँरहँदा कार्यक्रमा उपस्थित काँग्रेस कार्यकताहरु हाँसे ।

उनीहरुको हाँसो व्यंग्यात्मक थियो भनेर बुझ्न कठिन थिएन । किनभने सभापति थाकेकै मुद्रामा मञ्चमा पुगेका थिए, र दुई पटक खोकेपछिमात्र बोल्न शुरु गरेका थिए । 

सभापति देउवाभन्दा पहिला बोलेका महामन्त्री शसांक कोइरालाले हाँसको लामो उडानको उदाहरण दिँदै नेतृत्व थाकेपछि पालो दिने चलन भएको बताएका थिए । जब देउवाको बोल्ने पालो आयो उनले यसैको जवाफबाट आफ्नो मनत्व्य शुरु गरे । 

पारजित पार्टीलाई जित्नेबनाउन गुटउपगुट अन्त्य गर्नुपर्ने महामन्त्री शसांकले बताए । उनले भने, ‘मैले के के गर्नुपर्ने हो ? के के भन्नुपर्ने हो भन्छु, महामन्त्रीको हैसियतले ।’

उनले हाँसको उडानको उदाहरण दिँदै भने, ‘हाँस मिलेर १० हजार किलोमिटरको यात्रा गर्छ र नेतृत्वमा रहनेले शतप्रतिसत भार बहन गर्छ । जब नेतृत्व थाक्छ, उसले पालो दिन्छ ।’ उनले घुमाउरो ढंगबाट सभापति देउवालाई थाकेको भन्दै पालो दिन भनेका थिए । शसांकले भने, ‘मैले के भन्न खोजेको हो बुझिसक्नु भएको छ ।’

उनको स्पस्ट संकेत थियो आगामी महाधिवेशनमा आफू सभापतिको लाइनमा उभिएको छु भन्ने ।

तर सभापति देउवाले भने महामन्त्रीको सो कुरालाई सामान्य ढंगबाट लिँदै ठोस जवाफ दिए ‘म थाकेकै छैन ।’ कार्यक्रममा सभापति देउवाले पार्टीमा अनुशासन नभएकाले समस्या भएको बताए ।

उनले अनुशासन समिति बनाउँ भन्दा सहयोग नपाएकोसमेत तितो पोखे । उनले भने, ‘अनुशासन समिति बनाउँ भन्दा मिल्दैन। यस्तो पनि हुन्छ। कसरी पार्टी हुन्छ ?’ उनले पार्टीका गतिविधि सञ्चालन गर्दा सबैसँग सल्लाह लिने गरेकोसमेत दावी गरे । उनले भने, ‘आज सल्लाह लिन्छु, सल्लाह दिनेले मैले सल्लाह दिएकै छैन भन्छ । झुठ बोल्छ ।’ 

कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंहले अहिलेको नेतृत्वबाट पार्टीलाई अगाडी बढाउन नसकिने बताए। उनले भने, ‘म कुनै व्यक्तिको विरोध त गर्दैन तर, पार्टी विधानअनुसार चल्नु पर्यो ।’ उनले विधानअनुसार पार्टी सञ्चालन भए कुनै समस्या नहुने दावीसमेत गरे । उनको भनाई देउवाले पार्टी विधानअनुसार सञ्चालन नगरेको भन्नेतर्फ केन्द्रित थियो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »