धारिलो हतियार प्रहार गर्ने पक्राउ

१८ मङ्सिर २०७५

banner

सांकेतिक तस्विर

काठमाडौं ।  महानगरीय प्रहरी वृत्त गौशालाले धारिलो हतियार प्रहार गर्ने एक जनालाई आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत विहारका आनन्द कुमार रहेको छ । उनले काठमाडौँ गौशाला बस्ने सर्लाही हरिवनकी एक महिलालाई खुकुरी प्रहार गरेको वृत्तले जनाएको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले खुकुरी प्रहारबाट घाइते महिलाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको जानकारी दिए। घटनाका बारेमा थप अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

चार किलोग्राम चरेससहित एक पक्राउ 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चार किलोग्राम चरेससहित आज एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरका श्यामलाल तामाङ रहेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २६७ नंको यात्रुवाहक बसलाई चेकजाँचका क्रममा उनलाई चार किलोग्राम चरेससहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ । 

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक केशव भट्टले झोलामा लुकाएर ल्याएको अवस्थामा उक्त चरेस बरामद गरेको जानकारी दिए । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको पनि उनले बताए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष