धिरज र साम्राज्ञीको भनाभन, ‘बानी सुधार’ भन्दै थर्काइन् (भिडियो)

२९ भाद्र २०७५
banner

काठमाडौं । नेपाली चलचित्र इन्टु मिन्टू लन्डनमा प्रदर्शनको तयारीमा छ। आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह र धिरज मगरले अभिनय गरेका छन्। धिरजको यो डेब्यु चलचित्र हो।

डेब्यु चलचित्र भएता पनि धिरजले कडा मेहनतका साथ काम गरेको र उनको अभिनय राम्रो रहेको साम्राज्ञी बताउँछिन्।

चलचित्रको छयांकन लन्डनमा गरिएको थियो। धिरज लन्डनमै बस्ने भएकोले चलचित्रको छायांकन पनि व्यवस्थित र रमाइलो भएको थियो। चलचित्र इन्टु मिन्टू लन्डनमालाई रेनाषा राईले निर्देशन गरेकी हुन्। कोरियोग्राफरको रुपमा लोकप्रिय उनको यो चलचित्र निर्देशकको रुपमा डेब्यु चलचित्र हो।

साम्राज्ञी र धिरजका अनुसार, रेनाषामा निर्देशकीय क्षमता धेरै राम्रो छ। उनी आफू पनि अनुशासनमा रहेर कडा मेहनत गर्छिन् र अरुबाट पनि त्यही अपेक्षा गर्छिन्। त्यसैले चलचित्रमा सबैले कडा मेहनत गरेकोले चलचित्र राम्रो बनेको साम्राज्ञी बताउँछिन्।

प्रेमकथामा आधारित यो चलचित्र सफल हुनेमा उनीहरु पूर्ण विश्वस्त छन्। चलचित्रको ट्रेलर तथा यसको गीतलाई दर्शकले अत्यधिक मन पराएका छन् र चलचित्रबाट पनि दर्शकले सोही अनुसारको मनोरञ्जनको अपेक्षा गरेका छन्।

(भिडियो)

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |