काठमाडौंका सडकमा धुलोको सास्ती उस्तै (फोटोफिचर)

२४ चैत्र २०७५
banner

काठमाडौं। काठमाडौंलाई धुलोमुक्त बनाउन काठमाडौं महानगरपालिकाले गत चैत्र १२ गतेदेखि इटालीबाट खरिद गरिएका ५ वटा ब्रुमर संचालनमा ल्यायो।

महानगरपालिकाले रातीको समय पारेर ब्रुमरको प्रयोग गरी काठमाडौंको सडक सफा गरिरहेको छ। तर टनका टन धुलो उठिरहेको समाचार आइरहेका बेला सडकहरुमा भने धुलो डुङ्–डुङ्ती नै उडिरहेको छ।

हो आइतबार राजधानीको भद्रकाली–रत्नपार्क सडकखण्डमा यस्तै दृश्यहरु देखिए। विहानैबाट परेको पानीका कारण सडकमा केही हदसम्म भएपनि धुलो उडेको थिएन। आकाशमा बादल लागिरहेको थियो।

तर पछि घाम लागेसँगै चिसान देखिएको सडकमा एक्कासी धुलो डुङ्डुङती उड्न थाल्यो।

लगतै पैदुलयात्रु देखि लिएर सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरु आफ्नो गोजीमा भएको मास्क लगाउन थाले। कसैकसैले त धुलोबाट बच्न सलको समेत प्रयोग गरिरहेको देख्न सकिन्थ्यो। हेरौं भद्रकाली रत्नपार्क सकडमा खिचिएका केही दृश्य:-

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l