नेपालमा पहिलोचोटी डिजिटल ठेगाना प्रणालीको शुभारम्भ 

१७ बैशाख २०७६
banner

काठमाडौँ । ठेगाना सर्भिसेज ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित छ। नेपाली नयाँ बर्षसगैं ‘लन्च’ गरिएको आइओएस र एन्ड्रोइड दुबै अपरेटिङ् सिस्टममा चलाउन सकिने ‘ठेगाना एप’ निःशुल्क डाउनलोड गर्न सकिन्छ । हाललाई सो एप एन्ड्रोइड अपरेटिङ् सिस्टममा चलाउन सकिन्छ भने आइओएसमा एक हप्ता पछि उपलब्ध हुने छ।

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालको सतहलाई ८५ करोड ३x३  वर्गमा विभाजित गरिएको हुन्छ र हरेक वर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ। यि कोडहरुले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँदछ, जस मार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपतकालिन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्को स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ। 

ठेगाना कोड हुलाकी सेवाको लागि मात्र उपर्युक्त नभएर वित्तीय संस्थाहरुलाई हालको KYC नियम पालना गर्न परेको कठिनाईहरुको लागि पनि लाभदायक हुन सक्दछ । आफ्ना दैनिक कार्य सम्पादन गर्नुका साथै पेशा र ब्यावसाय सहज रुपमा फत्ते गर्न सहयोग पुर्याउने बिद्युतिय प्रणाली ठेगाना मार्फत नेपालको कुनैपनि स्थानको ठेगाना द्रुतगतिमा शेयर गर्न सकिन्छ।

प्राकृतिक प्रकोपको बेला सजिलो र सरल माध्यमबाट राहत सेवा पुर्याउन पनि ‘ठेगाना’ को उपयोग गर्न सकिन्छ। इन्टरनेट बिना अफलाइन पनि काम गर्ने यो एपले हरेक मोड-मोडको निर्देशन दिंदै यात्रुलाई बाटो देखाएर यात्रालाई सहज बनाईदिन्छ।  

ठेगानाको कोडमा ९ वटा अक्षर या नम्बरहरु दिइएका हुन्छन्। पहिलो ३ नम्बर या अक्षरले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ वटा नम्बर या अक्षरहरुले तोकिएको स्थान जनाउँदछ। उदाहरणको लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाण्डौको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले KTM-P82746  देखाउँदछ।

यसमा KTM ले काठमाण्डौ जिल्ला र बाँकीले गोश्वारा हुलाकको बिद्युतीय ठेगाना भन्ने जनाउँदछ। त्यसैगरि लुम्बिनीमा रहेको अशोका स्तम्भको बिद्युतीय ठेगाना RUP-F78GV6 देखाउँदछ, जसमा RUP ले रुपन्देही जिल्ला र बाँकी अंक र अक्षरले अशोका स्तम्भको बिद्युतीय ठेगाना भन्ने जनाउँदछ।

ठेगाना एपमा दर्ता गरिएपछि पछिल्ला ६ वटा नम्बर आफ्नो रुचि बमोजिम पनि राख्न सकिन्छ। जस्तै, ‘ठेगाना सेवा’ को ठेगानाको लागि हामीले  KTM-HELLO शब्द छनौट गरेकाछौं। तपाईंलाई आफ्नो ठेगाना स्मरण गर्न अप्ठेरो परेकोछ र अर्काको सम्झन पनि सहज भैरहेकोछैन भने ‘ठेगाना एप’ निर्बिकल्प सहयोगीको रुपमा तपाईको सामु हाजिर छ। यो डिजिटल एप मार्फत आफ्नो ठेगाना सम्झन र बितरण गर्न मोबाईल नम्बर याद गरे जत्तिकै सहज हुनेछ।  

अहिले हामीले चलाईरहेको ठेगाना प्रणाली निकै अब्यवस्थित र कमजोर रहेको तथ्य सर्वविदितै छ। त्यसैले ठेगाना सेवालाई सक्दो सहज र भरपर्दो बनाउन विभिन्न माध्यमहरुबाट तथ्याङ्क बटुलेर त्यसलाई ध्यानपूर्वक जाँचि ‘डिजिटलाईज्ड’ गरेकाछौं। परम्परागत ठेगानालाई ‘डिजिटलाईज्ड’ गरि उपभोक्ताको कामकाज सहज र लचकता महसुस गराउने हाम्रो प्रयास हो। 

हामीले यो सेवालाई एकसाथ देशब्यापी शुभारम्भ गर्न गैरहेकाछौं ताकि देशका कुना कन्दराका जनताले ‘ठेगाना’ को भरपुर फाईदा उठाउन सकुन। ठेगाना एपको डिजाईनले ‘ठेगाना सेवा’ का अन्य सेवाहरुसंग सहज र संयुक्त रुपमा काम गर्न सक्छ, जसले उपभोक्ताहरुलाई जहिले र जहाँबाट होस् उनीहरुको स्मार्टफोन संरचनामा आधारित आफ्ना चाहना र अपेक्षाहरु पुरा गर्न सजिलो हुन्छ।  

ठेगाना सेवाले केहि स्थानीय निकायसंग डिजिटल ठेगाना ब्यवस्थापन बारे सहकार्य गर्न प्रारम्भ गरिसकेको छ। बौद्ध वडा नम्बर–६, काठमाण्डौसंग सहकार्य गरि ‘ठेगाना’ को ब्यवस्थापन र अभ्यास शुरु गरिसकिएकोछ।  

कुनै ब्यक्ति विशेष, ब्यवसाय र उचित सार्वजनिक संस्थाहरु माझ संचार र सम्पर्कको माध्यमको आधार नै उनीहरुको ठेगाना हो। ठेगानाको उचित ब्यवस्था नहुनुपनि नेपालको सामाजिक र आर्थिक बिकासको लागि एउटा ठुलो बाधा हो। ठेगाना एप नेपालमा यो अभाव पुर्ने एउटा ईमान्दार प्रयत्न हो। 

‘हामीले स्मार्ट सिटीको चर्चा गर्न थालेको धेरै भइसक्यो। मेरो बिचारमा स्मार्ट सिटीको जग नै स्मार्ट ठेगानाबाट शुरु हुनुपर्छ ।’ ठेगाना सेवाका प्रमुख कार्यकारी अधिकृत बिशाल के।सी। भन्छन्, ‘हामी ठेगाना एप मार्फत स्मार्ट सिटीको जग हाल्दै स्मार्ट नागरिक तयार पार्ने अभियानमा हेलिन पाउँदा सुखानुभूति गरेकाछौं।’

Thegana Services launches a new address system in Nepal

 

Thegana Services is pleased to announce the launch of “Thegana,” a mobile phone App that’s compatible with both iOS and Android operating systems. Android version is available now and iOS will be coming in a week.

“Thegana” is a re-engineered address system which divides the surface of Nepal into 858 million squares that are (3m x 3m) each, and every one of them identified with unique fixed codes. The codes give addresses to everyone everywhere, allowing them to receive deliveries, access emergency services, register the address to a bank account, navigate to and from, and more.

The main goal of “Thegana” is to provide everyone with an electronic address. “Thegana” code is more accurate than the existing physical street address. This means people can pinpoint a specific location anywhere in Nepal and communicate with it more quickly and easily than any other method. One of the key features of “Thegana” App is that it works offline.

In order to ascertain a user’s location, “Thegana” code is composed of 9 characters – the first 3 corresponds to a district and the latter 6 to a specific location in that district. For example, “Thegana” address for General Post Office, Sundhara, Kathmandu is KTM-P82746 (KTM for Kathmandu district); likewise, the address for Ashoka Pillar in Lumbini is RUP-F79GV6 (RUP for Rupandehi district). The last 6 characters can also be customized to one’s liking by registering it with the app. For example, we have customized our office address to KTM-HELLO. The Thegana App is a free download, available on both iOS and Android devices.  

“Thegana” will provide users with greater working flexibility by integrating and digitizing existing addresses and assigning unique "Thegana Codes" to them.  We at “Thegana” have worked hard to roll out the initial release Nationwide so everyone from every corner of the country can benefit from the power of “Thegana.” As we know, the addressing system in Nepal is poor, thus and we have incorporated crowdsourcing mechanism to collect, verify and digitize existing addresses.

In times of natural disasters, for example, “Thegana” can provide the simplest way to communicate with a specific  location, which can be critical to effective disaster response, which “Thegana” is able to address effectively. The App also comes with turn-by-turn navigation option.

Thegana Code can perform independent of existing physical address (if applicable). But as a solution provider, along with integration and simplicity, we also believe in aiding in improving existing infrastructure by providing authentic data to local and federal authorities so that proper addressing system can be created. Thegana code can function both as an address and as a postal code for postal services too and serves as a solution to KYC requirement that financial institutions are struggling to comply with right now.

Thegana Services has already partnered with few local authorities to provide a much-needed proper addressing system. Bouddha Ward No. 6, Kathmandu has taken that first step in addressing the need of proper addressing system by working with “Thegana.”

Bishal KC, Chief Executive Officer of “Thegana Services,” says, "We have been talking about ‘Smart Cities’ for quite some time now, and I believe smart addressing system is the foundation of making the rest of the features of ‘Smart City’ truly smart, as address is one of the basic elements of communication between individuals, businesses and public institutions alike. The lack of a complete, accurate and proper addressing system constitutes a major socio-economic challenge in Nepal. Without an address, we might as well be non- existent, let alone calling oneself a citizen of a smart city.”

He further stressed that this was an exciting moment for “Thegana Services,” and that the services of “Thegana” will ensure we remain at the forefront of the move towards flexible and mobile working reality.”

Thegana App has been designed to work seamlessly with our other services, enabling a rich user experience made with modern mobile framework to meet user needs wherever and whenever they need. Finding a location has never been easier and remembering an address should not take any more effort than remembering your mobile number.

KC adds, "Our ability to offer customers the flexibility, simplicity and mobility when using “Thegana” is a further example of how Thegana continues to evolve to meet the needs and demands of our growing customer/user base.”

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |