जिल्ला लिग फुटबल : दिपज्योति क्लबलाई उपाधि

२६ अषाढ २०७६
banner

कञ्चनपुर । कञ्चनपुर जिल्ला लिग फुटबलको उपाधि भीमदत्त नगरपालिकाको दिपज्योति क्लब हल्दुखालले जितेको छ।

यहाँस्थित फुटबल खेल मैदानमा आज भएको फाइनल खेलमा कञ्चन समाज ऐठपुरलाई ४–१ गोलले हराउँदै दिपज्योतिले उपाधि हात पारेको हो।

विजेतालाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरे। कार्यक्रममा राज्यमन्त्री रावलले सुदूरपश्चिमको खेलकूद विकासका लागि प्रदेश सरकार योजनासहित अघि बढेको बताए।

उनले खेलकूदको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरी अघि बढिरहेको बताए। कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव रमेशबहादुर चन्दले असार ७ गतेदेखि शुरु भएको प्रतियोगितामा ११ क्लबको सहभागिता रहेको जानकारी दिए।

समापन समारोहमा २५ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, २५ नम्बर वाहिनीका सहायक वाहिनीपति महासेनानी ललितबहादुर कुँवर, वरिष्ठ समाजसेवी लिलाध्वज बस्नेतलगायतको उपस्थिति रहेको थियो।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l