नुहाइरहेकी थिइन् महिला, आफ्नै कुकुरले बाथरुममै आएर गर्यो यस्तो, हिरो बन्यो कुकुर

२५ आश्विन २०७५

banner

एजेन्सी। अमेरिकाको वाशिङटनकी एक महिलालाई नुहाइरहेका बेला आफैंले पालेको कुकुरले टोक्टो । रोचक त के भने टोकेकै कारण त्यो कुकुर हिरो बनेको छ । वाशिङटनकी महिला नोलालाई कुकुर मन पर्र्दैनथे तर छोराछोरीको जिद्दीका कारण उनले कुकुर पालेकी थिइन् । 

त्यो दिन नोला घरमा एक्लै थिइन् । उनले म्युजिक सिस्टममा ठूलो स्वरमा गीत बजाइन् र नुहाउन गइन् । उनी बाथटबमा नुहाउँदै थिइन् उनको कुकुर बाथरुमको ढोका खोल्दै भित्र पस्यो । उनले बुझ्न सकिनन् कि कुकुर बाथरुममा किन आयो । त्यसपछि कुकुरले बाथटबनजिकै गएर उनको आत आफ्नो दाँतमा दबायो । कुकुरले टोक्न थालेको देखेपछि नोला डराइन् र भाग्न खोजिन् । तर, कुकुरले उनको हात छोड्नै मानेन । नोलाले महसुस गरिन् कि कुकुरले टोक्न खोजेको थिएन बरु उनको हात तान्न खोजिरहेको थियो । उनले कुकुरको इशारा बुझेपछि उठिन् । 

बाथरुमको ढोका खोल्दा उनले देखिन् कि पूरा घरमा आगो लागिसकेको थियो । आगो बाथरुममा पनि पुग्यो । नोला र कुकुर बाथरुममै फसे । नोलाले त्यहाँबाट कसरी निस्कने भन्ने सोच्न सकिरहेकी थिइनन् तर कुकुरले बाहिर निस्कने बाटो बुझ्यो । ऊ आगोबाट बच्दै अगाडि बढ्यो । कुकुरले पटक पटक पछाडि फर्केर हेथ्र्यो कि नोला उसको पछिपछि आइरहेकी छन् कि छैनन् । कुकुरले यस्तैगरी उनलाई बाहिरसम्म सुरक्षित लिएर गयो । 

घरबाट निस्केकी नोला निकै डराएकी थियन् । उनको कार पनि घरसँगै राखिएको थियो । कारलाई बचाउन नोला कारको चाबी लिन भित्र जान लागिन् । तर, कुकुर ढोकामा गएर उनको बाटो रोक्यो । नोलाले भित्र जाने निकै प्रयास गरिन् तर कुकुरले उनलाई भित्र जानै दिएन । यही बीचमा भित्र भयानक विष्फोट भयो । नोलाले बुझिन् कि उनको कुकुरलाई विष्फोट हुने पनि अनुमान थियो । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »