सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर

३१ बैशाख २०७६
banner

काठमाडौं।अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन्। परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन्।

उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ। मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ । मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो।’

साथै उनले विगतमा पनि सोही नम्बरमा आफूलाई सानो परिमाणका चिठ्ठा परिसकेको बताएका छन्। उनले यी आफ्नो भाग्याशाली संख्या भएकाले अझै पनि सोही नम्बरको चिठ्ठा कन्न नछोड्ने पनि बताएका छन्।  नेपाल समाचारपत्र दैनिक

ताजा भिडियो

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |

संसदमा उठबस, व्यंग्य र आक्राेश | Samsad Baithak |

कंग्रेस छायाँ सरकारमाथि महेश बस्नेतको प्रहार । Mahesh Basnet l