चिकित्सा शिक्षा अयोगको  उपाध्यक्ष नियुक्त प्रक्रिया रोक्न डा. केसीको माग

२६ अषाढ २०७६
banner

फाइल फोटो

काठमाडौं। वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग राखेर आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल सो प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन्।

योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी सो आयोगको उपाध्यक्ष छनौट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गर्नु परेको उनको भनाइ छ। वरिष्ठ चिकित्सक केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत गराए। उनले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। 

पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आम नागरिकको मुख थुन्ने गरी आएको दावी गर्दै तत्काल खारेज गर्न पनि सरकारलाई दवाब दिए। 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l