एनसेलको कर उठाउन कुनै समस्या नरहेको अर्थमन्त्रीको भनाई

२७ माघ २०७५
banner

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले एनसेलसँग अझै पनि ६३ अरव संचित पूँजी रहेको उल्लेख गर्दै त्यसबाट बक्यौता पूँजीगत लाभकर असुली गर्न कुनै समस्या नरहेको प्रष्टयाए । 

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा उनले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिवद्धता पनि जनाए । उनले संस्था हस्तान्तरणसँगै उनीहरुको दायित्व पनि हस्तान्तरण हुँदै जाने भएकाले सरकारले सोही अनुसार एनसेलको लाभांश कर असुली गर्ने पनि  स्पष्ट पारे । 

अर्थमन्त्री खतिवडाले ऐनसेलको पूँजीगत लाभकर असुली गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको पनि बताए । बैठकमा समितिका सदस्यहरुले एनसेलसँग पूँजीगत लाभकर वापतको १२ अरव ७३ करोड असुली गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l