दुर्घटना न्यूनीकरण महाभियानको दोस्रो चरण शुरु

३० फाल्गुन २०७५
banner

भद्रपुर । सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम १ नं प्रदेशभरि आजदेखि शुरु भएको छ । 

कार्यक्रमको शुभारम्भ झापाको विर्तामोडमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका हुन। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभातफेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियान आजदेखि शुभारम्भ गरिएको छ । पन्ध्र दिने अभियान १ नं प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए।

उनका अनुसार अभियानका क्रममा सचेतनामूलक पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालकको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, घुम्ती प्रशिक्षणलगायतका कार्यक्रम गरिनेछ।

उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७०० जना चालक तथा सहचालकलाई पोशाक प्रदान गरिएको महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए।

गत मङ्सिर ४ गते विर्तामोडको डोमालाल राजवंशी रङगशालामा नेपथ्य समूहबाट भव्य साङ्गीतिक कार्यक्रम गराएर दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो।

महाअभियान शुभारम्भ कार्यक्रमबाटै रु २० लाख २८ हजार १५७ बचत भएको संयोजक गिरीले जानकारी दिनुभयो । रु ७७ लाख सङ्कलन भएको कार्यक्रममा रु ५७ लाख खर्च भएको थियो।

अभियानलाई सार्थकता प्रदान गर्न चार चरणमा काम गर्ने आयोजक समितिको तयारी छ । चौथो चरणमा ट्राफिक लाइट जडान गरिने समितिले जनाएको छ । 

महाअभियान समिति र ट्राफिक प्रहरीको अगुवाइमा हरेक वर्षको २ असोजलाई ‘दुर्घटना न्यूनीकरण महाअभियान दिवस’का रुपमा मनाउँदै आएको संयोजक गिरीले बताए।

महाअभियान शुरु भए यता चालकलाई अनिवार्य जुत्ता, टिपर सञ्चालनमा समय निर्धारण, टिपरलाई टाइम कार्ड, सडक प्रशिक्षण कार्यक्रमलगायतका काम भएका छन्।
 

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |