कसैले पनि बुझेका थिएनन् के हो यो? जब थाहा भयो विश्वास नै गर्न कठिन

२५ आश्विन २०७५

banner

एजेन्सी। अमेरिकाको पेन्सिल्वेनिया राज्यको एक स्कुलमा केही समय पहिला विद्यार्थीलाई लन्समा यस्तो खाने कुरा दिइएको थियो, जसलाई देख्ने वित्तिकै विद्यार्थीले उक्त खाने कुरा खान अस्वीकार गरेका थिए। जुन खाने कुरा उनीहरुलाई खान दिइएको थियो उक्त खाने कुरा हेर्दा निकै घिन लाग्दो थियो।

तर यो कुनै खान नहुने चीज भने थिएन। बरु त्यो बर्गर थियो, जुन धेरै पकाएका कारण त्यस्तो देखिएको थियो। केही विद्यार्थीले उक्त खाने कुराको फोटो खिचेर सामाजिक संजालमा शेयर गरेका थिए, जसलाई देखेर सामाजिक संजाल प्रयोगकर्ता निकै रिसाएका छन्।

यो घटना गत वर्ष १४ नोभेम्बरमा अमेरिकाको डुबोइस सहरको एक स्कुलको क्याफिटेरियामा घटेको हो।  सामाजिक संजालमा उक्त खानाको फोटो भाइरल भएपछि स्कुल व्यवस्थापनले उक्त खाने कुरा अरु केही नभएर बर्गर भएको बताएका थिए। तर त्यसको चौतर्फी आलोचना भएपछि स्कुलको मेन्यूबाट उक्त खाने कुराको लिस्ट हटाइएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »