पाकिस्तानमाथि कीर्तिमानी जित हासिल गरेका अंग्रेज कप्तान मोर्गनमाथि किन लाग्यो प्रतिबन्ध?

१ जेठ २०७६
banner

एजेन्सी । इंग्ल्यान्डका क्रिकेट कप्तान इयान मोर्गनलाई एक खेलको प्रतिबन्ध लागेको छ ।

पाकिस्तानविरुद्ध बिहीबार  भएको खेलमा स्लो ओभर रेटको कारण मोर्गनलाई एक खेलको प्रतिबन्ध लागेको हो । उक्त खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

प्रतिबन्धसंगै मोर्गनले पाकिस्तानविरुद्ध शुक्रबार हुने चौंथो एकदिवसिय खेल गुमाउने छन् । यस्तै उनलाई म्याच फि को ४० प्रतिशत जरिवाना समेत गरिएको छ ।  

मोर्गनमाथि मात्र होइन, इंग्याल्ण्डको कीर्तिमानी जितमा सबैभन्दा ठूलो योगदान दिएका जोनी बेयरस्टोमाथि पनि आईसीसीले कारबाही गरेको छ ।

३५९ रनको लक्ष्य पछ्याएको अंग्रेज टिमका लागि बेयरस्टोले १२८ रन बनाए टिमलाई जित नजिक पुर्याएका थिए । तर, जनैद खानको बलमा बोल्ड भएपछि रिसाएका उनले स्टम्पमा ब्याटले प्रहार गरेपछि आईसीसीले कारबाही गरेको हो । उनीमाथि एक डिमेरिट अंक थपिएको छ । 

बिहीबार इंग्याल्याण्डले ३५९ रनको लक्ष्य ४४ ओभरमै पूरा गरेर कीर्तिमानी जित हात पारेको थियो । उसको जितमा जेसन रोय र बेयरस्टोले तुफानी ब्याटिंग गरेका थिए । मोइन अलीले पनि निर्धारित ओभरभन्दा पहिला नै जित दिलाउन तुफानी ब्याटिंग गरेका थिए ।

पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा इंग्ल्यान्ड २-० ले अघि रहेको छ ।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3