'सालको पात टपरी' हिट भएपछि फेरी अर्को लोक गीत 'एक माने दही...' मा मरिश्का (भिडियो)

२६ पौष २०७५
banner

काठमाडौँ । नायिका मरिश्का पोखरेल अभिनित नयाँ गीत भर्खरै सार्वजनिक भएको छ । लोक दोहोरी शैलीको गीत सालको पात टपरी हिट भएपछि उनी फेरी अर्को लोक गीतमा देखिएकी हुन् ।

एक माने दही बोलको उक्त सार्वजनिक गीतमा नायिका मरिश्का पोखरेलसँगै गम्भिर विष्टले अभिनय गरेका छन् । यस गीतमा रविन बर्तौलाको आवाज रहेको छ भने शब्द रहेको छ अरुण तिवारीको । दिपक शर्माको संगीत रहेको यस गीतमा एरेन्जिङको काम सन्दिप कार्की ढालीले गरेका छन् ।

गम्भिर विष्टकै निर्देशनमा बनेको यस गीतलाई नविन निरौलाले सम्पादन गरेका छन् । राजन बर्तौला प्रोडक्सन म्यानेजरका रुपमा छन् र सिनेम्याटोग्राफीको काम बाबु श्रेष्ठले गरेका छन् । यस गीतको म्युजिक भिडियो कोरियोग्राफी भने सुबोल थापाले गरेका छन् ।

हेर्नुस् भिडियो :

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |