विश्वकपको मुखैमा इंग्ल्याण्डलाई ठूलो झड्का, कप्तान मोर्गन घाइते

११ जेठ २०७६
banner

एजेन्सी । विश्वकप क्रिकेट शुरु हुन अब मात्र ५ दिन बाँकी छ। आगामी ३० मेबाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने विश्वकपको अभ्यास खेलहरु पनि शुक्रबारबाट शुरु भईसकेका छन्। तर उपाधिको प्रमुख दाबेदार मानिएको इंग्ल्याण्डलाई भने विश्कपको मुखैमा ठूलो झड्का लागेको छ। 

इंग्ल्याण्डका कप्तान इयोन मोर्गन चोटका कारण अस्पताल पुगेका छन्। आज अस्ट्रेलियासँग हुने अभ्यास खेलका लागि शनिबार मैदानमा अभ्यास गर्ने क्रममा उनको बायाँ हातको औंलामा चोट लागेको थियो। इंग्ल्याण्ड क्रिकेट बोर्डले उनलाई चोट लागेको बताएको छ। चोट लागेपछि उनि ‘एक्स–रे’को लागि अस्पतालमा गएका छन्। योसँगै उनले आजको अभ्यास खेल गुमाउने सम्भावना देखिएको छ। 

मोर्गनलाई शनिबार स्लिपमा क्याच समात्ने क्रममा चोट लागेको थियो। चोटको कारण उनि निकै पिडामा देखिएका थिए र त्यसलगत्तै उनले उपचारको लागि मैदान छाडेर बाहिर गएका थिए। इंग्ल्याण्डले लंडनमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्ने छ। उक्त खेलमा कप्तान मोर्गन ठिक हुने आशा रहेको इंग्ल्याण्ड क्रिकेट बोर्डले जनाएको छ। 

आईसीसीको एक दिवसीय वरियताको पहिलो स्थानमा रहेको इंग्ल्याण्डले यो पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्य राखेको छ। तर कप्तानबिना भने उपाधि जित्न इंग्ल्याण्डलाई त्यति सहज छैन्। क्रिकेटको जन्मथलो भनेर चिनिने इंग्ल्याण्डले अहिलेसम्म एकपटक पनि विश्वकपको उपाधि जितेको छैन्।  

इंग्ल्याण्डका प्रमुख स्पिनर आदिल रसिद पनि काँधको समस्याका कारण अहिले आराम गरिरहेका छन भने प्रमुख ब्याट्सम्यान जो रुट पनि आफ्नो व्यक्तिगत कारणले घरमै रहेका छन्। यी दुईजनाले पनि आजको अभ्यास खेल खेल्ने छैनन्। 

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli