एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको ट्रफी सार्वजनिक

२० मङ्सिर २०७५
banner

काठमाडौँ । शनिबारबाट सुरु हुने टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक ईपीएलले बिहिबार प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको हो। ईपीएल ट्रफी सहभागी ६ टोलीका कप्तानहरुले सार्वजनिक गरेका हुन्। 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन्। आगामी पुस ६ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको दोस्रो दिन ललितपुर र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछन्। 

राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ। यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन्।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।