युरोपा लिग : चेल्सी र आर्सनललाई सफलता प्राप्त होला?

२२ कार्तिक २०७५
banner

एजेन्सी । युईएफए युरोपा लिग फुटबल अन्तर्गत  बिहिबार राति विभिन्न समूहको २४ खेलहरु संचालन हुँदैछ । 

बिहिबार राति युरोपा लिग खेल्ने १२ समूहको दुई दुई खेल संचालन हुनेछ । जसमा युरोपका ठुला क्लबहरु चेल्सी, आर्सनल, एसी मिलान, भिया रियल, सेल्टिक र सेभिया लगायतका क्लबहरुको खेल हुनेछ ।

इंग्लिश क्लब चेल्सीले समूह चरणको चौथो खेलमा बाटे बोरिसोभसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह 'एल' को चेल्सी र बोरीसोभबीचको खेल नेपाली समय अनुसार राति ११:४० मा सुरु हुनेछ ।

बोरीसोभविरुद्ध आज जित निकाल्दै चेल्सी नकआउट चरणमा पुग्न चाहन्छ । समूह चरणमा अपराजित चेल्सीले ३ खेलबाट ९ अंक जोडेको छ । बोरीसोभ ३ अंक जोडेर समूहको पुछारमा छ ।

युरोपा लिग अन्तर्गत नै अर्को इंग्लिश क्लब आर्सनलले स्पोर्टिङ सिपीविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । दुईबीचको खेल राति १ : ४५ मा सुरु हुनेछ ।

आर्सनल घरेलु मैदानमा जित निकाल्दै दोस्रो चरणको ढोका खोल्न चाहन्छ । समूह 'इ' मा आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ ।

स्पोर्टिङ सिपी ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । आज आर्सनललाई उसैको मैदानमा हराएर स्पोर्टिङ नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

यस्तै इटालियन क्लब एसी मिलानले रियल बेटिससंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह 'एफ' मा रियल बेटिस ७ अंक जोडेर शीर्ष स्थानमा छ । ६ अंक जोडेर मिलान दोस्रो स्थानमा छ ।

त्यस्तै अन्य खेलमा सेभियाले अखिसार्स्पोर, भिया रियलले र्यापिड विन र सेल्टिकले आरबि लिपजीङसंग प्रतिस्पर्धा गर्नेछन् ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l