युरोकप छनोटः स्टोनियामाथि जर्मनीद्वारा गोलको वर्षा

२९ जेठ २०७६
banner

एजेन्सी । युरोकप छनोटमा जर्मनीले स्टोनियालाई ८–० गोल अन्तरले हराएको छ । समुह सीको खेलमा पुर्व विश्व विजेता टोली जर्मनीले फराकिलो अन्तरको जित हासिल गरेको हो ।

जर्मनीको जितमा मार्को रिउसले दुई तथा सर्ज गनाब्रीले समान दुई दुई गोल गरे । यस्तै गोल लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले १–१ गोल गरे। जर्मनीले सुरुवाती तीन खेलमा जित निकाल्न सफल भएको छ । अर्को खेलमा आयरल्याण्ड टोलीले बेलारुसमाथि १–० को जित निकालेको थियो ।

जर्मनी ३ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ । नर्दन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ । बेलारुस अंक विहिन हुदै चौथो र स्टोनिया तालिकाको पुछारमा छ ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l