अमेरिकामा ‘इन्जिनियर्स नाइट २०१९’ आयोजना हुने

मिति: 2019-03-16 00:00:00
देश : United States of America (USA)
आयोजक: अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्स
स्थान:

अमेरिका । अमेरिकामा अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको आयोजनामा ‘इन्जिनियर्स नाइट २०१९’ हुने भएको छ।

बृहत वासिङ्टन डिसी मेट्रो च्याप्टरको आयोजनामा हरेक सालझैं यस वर्ष पनि नेपाली नयाँ वर्षको आरम्भमा यही मार्च १६ तारिख शनिबार साँझ भर्जिनिया राज्यको फेयरफाक्स काउण्टी अन्तर्गतको मक्लिन शहरमा इन्जिनियर्स नाइट २०१९ आयोजना हुन लागेको हो।

अमेरिकामा रहेका वा भ्रमणको सिलसिलामा अमेरिका आइपुगेका इन्जिनियरका परिवार उपस्थित भएर उत्साहपूर्वक भेटघाट छलफल र मनोरन्जनात्मक प्रस्तुतिमा सहभागी हुन हार्दिक अनुरोध छ।

हरेक साल गरिने जस्तै यस पाली पनि गीत, संगीत, नृत्य, प्रहसन र सामुहिक नृत्यका साथै रमाइलो खानपिन समेत गरिनेछ। कार्यक्रममा उपस्थित भई समाचार एवं श्रव्य–दृष्य सामग्री सम्प्रेषण गरेर सहयोग गरिदिन हुन अमेरिकामा क्रियाशिल पत्रकार साथीहरुलाई अनुरोध छ।

कार्यक्रमको विवरण

मितिः मार्च १६ तारिख शनिबार
समयः बेलुका साढे छ बजेदेखि साढे ११ बजेसम्म
स्थानः मक्लिन सामुदायिक केन्द्र

प्रवेश शुल्क (व्यक्तिगत सहभागिता): ३० डलर
प्रतिव्यक्ति २५ डलर (पारिवारिक सहभागिता)

१० वर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क रहने छ भने सोसाइटीका सदस्यहरुलाई ५ डलर छुट हुनेछ। प्रवेश शुल्कका लागि कार्ड स्वीकृत नगरिने भएकोले नगद पैसा लिएर आउन अनुरोध गरिएको छ।

विशेष