ओमानमा भव्य रुपमा नारी दिवस मनाउने तयारीमा महिला समूह

मिति: 2019-03-08 00:00:00
देश : Oman
आयोजक: नेपाली महिला समूह ओमान
स्थान:

मस्कट ओमान । ओमानमा महिला समूहले भव्य रुपमा नारी दिवस मनाउने तयारी गरिरहेका छन्।

नेपाली महिला समूह ओमानले हरेक वर्षझैँ यसपाली पनि राजधानी मस्कटमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला जागरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेका हुन्।

NRN शोशल क्लवको सहयोगमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा ओमानबासी महिला दिदी बहिनीहरुलाई प्रवेश निशुल्क रहेको तथा पुरुष दाजुभाईहरु सित सहयोग स्वरुप २ रियाल लिने जानकारी महिला समूह ओमानकी अध्यक्ष उमा ढुंगानाले जनाइन्।

कार्यक्रममा महिला जन जागरण सम्बन्धि अन्तरक्रियाको साथमा महिला जागरण सम्बन्धित गीत एवं नृत्यहरु पनि राखिने महिला समूहले जनाएको छ।

कार्यक्रमको  मिति र स्थानमा 
मिति-शुक्रबार, 8 मार्च 2019, 
स्थान-अजैबा होटल अपार्टमेन्ट, मस्कट

विशेष