नेपाली नयाँ वर्षको अवसरमा लन्डनमा रकस्टार सविन र फारो व्याण्डले धमका मच्चाउने

मिति: 2019-04-13 00:00:00
देश : Ukraine
आयोजक: जि–९ ईन्टरटेन्नमेन्ट, हाब ए मोमेन्ट, नट जस्ट ट्राभल्स् र च्याउसे डि–१
स्थान:

ण्डन । नेपाली नयाँ वर्षको अवसरमा लण्डनमा सांगितिक कार्यक्रम हुने भएको छ। लण्डनस्थित व्रिक्सट्नमा आगमी अप्रिल १३ तारिख शनिबार साँझ नेपाली ‘नेपाली म्युजिक फेस्टिवल २०१९’ हुने भएको हो।

कार्यक्रम जि–९ ईन्टरटेन्नमेन्ट, हाब ए मोमेन्ट, नट जस्ट ट्राभल्स् र च्याउसे डि–१ ले संयुक्त रुपमा पहिलो पटक आयोजना गर्न लागेको हुन् । कार्यक्रममा नेपालबाट रकस्टार सविन राई, फारो व्याण्ड,¥यापर आशिष राना (लाहुरे) , सामाजिक संञ्जाल युटुयबकी चर्चित गायिका तिर्सना गुरुङ र बेलायती नेपाली समाजका चर्चित गायक प्रशान्त लिम्बु र शव्द व्याण्डले स्टेजमा धमका मच्चाउने भएका छन् ।

उक्त कार्यक्रम उद्धघोषण विधामा प्रसिद्ध जोडि लेक्स लिम्बु र मिस बेलायत – नेपाल २०१४ की विजेता निया देवानले संयुक्त रुपमा  संञ्चालन गर्ने भएका छन् । कार्यक्रममा थप रौनक थप्न  आयो गोर्खाली रेष्टुरेन्ट, खुकुरी रम, गोर्खा बुलियन, सितारा चामल, डेरी भेल्लिले मुख्य प्रायोजन गरेको छन्।

 

विशेष