बङ्गलादेशको ढाकामा ‘नेपाल–बङ्गला सांस्कृतिक साँझ’ हुँदै

मिति: 2019-04-19 00:00:00
देश : Bangladesh
आयोजक: पाली विद्यार्थी संगठन बङ्गलादेश , बङ्गलादेश नेपाल मित्रता समाज र नेपाली प्रवासी समाज बङ्गलादेशको संयुक्त
स्थान:

रजनिस अधिकारी 

ढाका । बङ्गलादेशको ढाकामा ‘नेपाल–बङ्गला सांस्कृतिक साँझ’ हुने भएको छ । नेपाली विद्यार्थी संगठन बङ्गलादेश , बङ्गलादेश नेपाल मित्रता समाज र नेपाली प्रवासी समाज बङ्गलादेशको संयुक्त संयोजनमा सांस्कृतिक साँझको आयोजना गरिएको हो । 

उक्त कार्यक्रम मासिक एक सय शुल्क लिएर अङ्ग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयको सहयोगार्थ  आयोजना गरिएको हो ।  

सांस्कृतिक साँझमा नेपाली कलाकार तथा बङ्गाली कलाकारहकाे बेजोड प्रस्तुती रहनेछ्। कार्यक्रम आयोजना गर्न बङ्गलादेशस्थित नेपाली राजदूतावासले पनि पूर्ण साथ र सहयोग गरेको छ ।

कार्यक्रम बारे जानकारी:

मिति–१९ अप्रिल शुक्रबार २०१९ 
समय– साँझ ६ बजेदेखि शुरु 
स्थान– बङ्लादेश नेशनल सङ्ग्रहालय , शाहबाग , ढाका

 

विशेष