मलेसियामा 'नेपाली नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान' कार्यक्रम हुने

मिति: 2019-04-21 00:00:00
देश : Malaysia
आयोजक: जोहोर बारुमा क्षेत्रमा रहेको विभिन्न गैरआवासीय संघ संगठन हरुको संयुक्त आयोजनामा
स्थान:

साजन शर्मा

मलेसिया । मलेसियाको जोहोर बारुमा क्षेत्रमा रहेको विभिन्न गैरआवासीय संघ संगठन हरुको संयुक्त आयोजनामा नेपाली नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान लगायत नेपाली राजदुतावास मलेसियामा भर्खरै नव नियुक्ति भएका महामहिम राजदुत उदयराज पाण्डेको स्वागत कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रमका आयोजक संघ संगठनहरुमा गैर आवासीय नेपाली संघ ल्च्ल्ब् जोहोर, सुदूरपश्चिमेली नेपाल समाज जोहोर, साहित्यिक चौतारी नेपाल मलेसिया शाखा, नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय शाखा जोहोर, मगर साँस्कृतिक संघ मलेसिया, नेपाल मगर संघ क्षेत्रीय कमिटी जोहोर मलेसिया, काभ्रे कल्याणकारी समाज मलेसिया क्षेत्रीय कमिटी जोहोर, नेपाल प्रबासी तमाङ युवा मञ्च मलेसिया, नेपाल जनप्रगतिसिल मोर्चा जोहोर, जनप्रगतिशिल मञ्च जोहोरलगायत पिटीपी नेपाली समाज जोहोरको संयुक्त सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसियाको महासचिव दिनेश थिङ्ग तामाङले जानकारी दिए।

उक्त कार्यक्रममा जोहोर बारुमा रहेको विभिन्न संघसंगठन नेतृत्व गरेका जनप्रतिनिधि, श्रमिक अगुवा, व्यावसायीलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहने छन् भने स्थानीय कलाकारहरुको  बेजोड प्रस्तुति रहने छ।

विशेष