जनसम्पर्क समिति ओमनले स्थापना दिवस मनाउने

मिति: 2019-04-12 00:00:00
देश : Oman
आयोजक: जनसम्पर्क समिति ओमन
स्थान:

ऋषि वाग्ले 

मस्कट। नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन जनसम्पर्क समितिले ओमनमा नेपाली काङ्ग्रेसको स्थापना दिवस मनाउने भएको छ।

डिसी नेपालसँगको कुराकानीमा जनसम्पर्क समिति ओमनका कार्यवाहक सभापति शालिक चापागाईंले कार्यक्रमको जानकारी गराउँदै भने  ‘चैत्र २७ गते स्थापना दिवस पर्ने भएपनि प्रवासमा सबैको छुट्टीको दिन शुक्रबार साथै जन सम्पर्क समितिको वार्षिकोत्सव एवम् नेपाली नयाँ वर्षको पनि अवसर पारेर यो कार्यक्रम गर्न लागिएको  हो । ’

उक्त कार्यक्रमलाई दुई भागमा बाँडिएको जानकारी गराउँदै पहिलो चरणमा राजनीतिक कार्यक्रम र दोस्रो चरणमा विशुद्धमनोरञ्जनात्मक बनभोज कार्यक्रम रहेको कार्यवाहक सभापति चापागाईंले बताए ।

ओमनको बर्कास्थित एक  फार्महाउसमा हुन लागेको उक्त कार्यक्रममा ओमनबासी सम्पूर्ण नेपाली समुदायलाई सहभागिताको लागि जनसम्पर्क समिति ओमनले निमन्त्रणा गरेको छ । कार्यक्रममा सहजताको लागि यातायातको पनि व्यवस्था गरिएको छ । 

विशेष