नायक पल शाह कुवेत आउँदै

मिति: 2019-06-07 00:00:00
देश : Kuwait
आयोजक: दर्शन ठकुरी समाज कुवेत
स्थान:

कुवेत । दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “ दर्शन सागीतिक धमाका २०१९“ आयोजना गर्ने भएको छ। नेपालका चर्चित नायक पल शाह सँगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ। 

नायक पल शाहसँगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउँदै महासचिव राज मल्लले छिट्टै सबैमाझ जानकारी गराउने बताए। 

जून ७ तारिक शुक्रबार २०१९ का दिन जिलिव स्थिल इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई दिन समाजले अपिल गरेको छ।

विशेष