भर्जिनियामा 'नेप्लिज अमेरिकन हेरिटेज डे' एवं नेपाली नयाँ वर्ष उत्सव हुने

मिति: 2019-04-20 00:00:00
देश : United States of America (USA)
आयोजक: आदर्श नेपाली समाज एवं एनआरएनए, भर्जिनिया 
स्थान:

वासिङ्टन डिसी, अमेरिका । भर्जिनियाको हर्नडन टाउनमा आगामी अप्रिल २० ताखिका दिन नेप्लिज अमेरिकन हेरिटेज डे एवं नेपाली नयाँ वर्ष उत्सव कार्यक्रम हुने भएको छ। 

नेपालीहरु अमेरिकी राजनीतिको मूलप्रवाहमा प्रवेश गरिरहेको अवस्थामा २०१८ को चुनावमा प्रदीप ढकाल हर्नडन टाउनको काउन्सिल मेम्बरमा निर्वाचित भएपछि उनको पहलमा हर्नडन टाउनले अवदेखि हरेक वर्ष अप्रिलको तेस्रो हप्ता नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरेको छ। 

अमेरिकाको सरकारी निकायबाट नै यसरी नेपाली अमेरिकी समुदायलाई सम्मान दिएको यस गौरवको क्षणमा आयोजित विशेष सभामा देहाय बमोजिमको स्थान र समयमा उपस्थित भई समुदायको हौसला बढाइदिनुहुन आयोजकले अनुरोध समेत गरेको छ। 

सो सभामा नेपाल झल्काउने विविध झाँकी, साँस्कृतिक कार्यक्रम, नेपाली पाठसालाहरुका बालबालिकाका नृत्य, नेपाललाई विशिष्ट योगदान दिएका एक अमेरिकी र एक नेपाली अमेरिकन ब्यक्तित्वको सम्मान, हेरिटेज डेको औपचारिक घोषणा हुने छ।

सभामा अमेरिकन मूल प्रवाहको राजनीतिमा निर्वाचित नेपाली अमेरिकन जनप्रतिनिधिहरु, नेपाली राजदूत एवं कूटनीतिज्ञहरू, भर्जिनियाका सिनेटर, डेलिगेट, फेयरफ्याक्स काउन्टी सुपरभाइजर, शरिफ अफिसर तथा हर्नडन टाउनका मेयर, उपमेयर र वर्तमान र पूर्व पदाधिकारीहरु सहभागी हुने भएका छन्। 

कार्यक्रम बारे थप जानकारी 

आयोजक : आदर्श नेपाली समाज एवं एनआरएनए, भर्जिनिया 
मिति : अप्रिल २०, शनिबार 
स्थान : Herndon Middle School 901 Locust St, Herndon, VA 20170 
समय : ठीक वेलुका ५:०० बजे 
पोशाक : सकेसम्म नेपाली भेषभूषा र संस्कृति झल्किने पहिरनहरु। 
प्रवेशः निशुल्क

विशेष